coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सामुदायिक विद्यालयमा स्मार्ट कक्षा शिक्षण

भानुदय माविमा स्मार्ट कक्षा शिक्षण गरिँदै। तस्बिर: कृष्ण/नागरिक

बाजुरा- फितलो व्यवस्थापन, पुरानै विधीको शिक्षण सिकाइ र कमजोर पठन पाठन सामुदायिक विद्यालयमाथि लाग्ने आरोप हुन्। केहीको हकमा साँचो भए पनि अधिकांशको हकमा आरोप सावित हुने देखिन्छ। पछिल्लो समय जिल्लामा प्रविधिी मैत्री शिक्षण सिकाई गर्न सामुदायिक विद्यालयको होड बाजी नै चलेको छ।

त्यसको बलियो उदारण हो, भानृुदय मावि। भानुदय यो वर्ष देशकै नमुना विद्यालयका रुपमा सिफारिस पनि भएको छ। विद्यालयमा कक्षा ६ देखि १० सम्म कम्प्यूटर शिक्षा पढाई हुने गरेको छ। अनिवार्य विषयकै रुपमा कम्प्यूटर शिक्षणलाई लिईएको प्राचार्य मनवीर खातीले बताएका छन्।

विद्यालयले कम्प्यूटर शिक्षक नै नियुक्त गरेको छ। तीन वर्ष यता नियमित कम्प्यूटर किक्षा सञ्चालन भईरहे पनि गएको शैक्षिक सत्रदेखि नियमित र अनिवार्य गरिएको भन्छन्, प्राचार्य मनवीर खाती। कम्प्यूटर शिक्षा विद्यार्थीलाई उत्सुकता र जाँगरणको विषयजस्तै भएको खातीको भनाइ छ।

कम्प्यूटरबारे जानकारी पाएपछि विद्यालयले स्मार्ट शिक्षण सिकाईसमेत सुरु गरेको छ। कक्षा ६ देखि नै विज्ञान, गणित, नेपाली र अंग्रेजी विषय स्मार्ट शिक्षण सिकाईको माध्यमबाट पठन पाठन गर्ने गरिएको शिक्षक लक्ष्मी जोशीले बताएका छन्। जोशीले स्वयम स्मार्ट कक्षा शिक्षण गर्ने गरेका छन्।

पाठ योजना बनाउनु पर्ने र सांकेतिक चित्रबाट शिक्षण गर्नुपर्ने बाध्यता हटेको जोशीको भनाइ छ। तापक्रम भनेर सेल्सीएर मापनका आधारमा जानकारी दिँदा शब्दकै व्याख्या मात्र दिनुपथ्र्यो स्मार्ट प्रविधीले प्रयोग नै गरेर देखाउन मिलेको भन्छन्, जोशी।

स्मार्ट कक्षा शिक्षण सिप तालिम पनि भानुदय माविका तर्फबाट प्रचार्य मनवीर खाती र वीरबहादुर ओलीले नै लिएका हुन्। पीसविन सामुदायिक परियोजनाले १५ दिन बढीको तालिमपछि विद्यालयमा स्मार्ट प्रविधिको शिक्षण सिकाई सञ्चालन गरिएको हो। हाल भानुदय माविमा १२ सय बढी विद्यार्थी अध्ययनरत छन्।

विद्युत पुगेका र श्रोत साधन भएका मावि तहका विद्यालयमा स्मार्ट कक्षा अनिवार्य हुनुपर्ने बडिमालिका नगरपालिका शिक्षा शाखा प्रमुख विद्यालय निरीक्षक रंगमल विकले बताए। यो प्रविधिले समय अनुकुल शिक्षा विकासमा पनि टेवा पुग्ने विकको विश्वास छ।
 

प्रकाशित: ६ पुस २०७६ ११:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App