८ वैशाख २०८१ शनिबार
समाज

लेखापरीक्षकले आर्थिक अनियमिततालाई मिलाउँदा भ्रष्टाचार बढ्यो : अख्तियार प्रमुख

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन कुमार घिमिरेले लेखापरीक्षकहरुका कारण भ्रष्टाचार बढ्दै गएको बताएका छन्।

नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाले आयोजना गरेको 'प्रोफेसनल इन्टिग्रिटी फर कम्ब्याटिङ करप्सन एन्ड फ्रड’ विषयको राष्ट्रिय सम्मेलनलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै उनले लेखापरीक्षकहरुले आर्थिक अनियमिततालाई मिलाउने काम गर्दा भ्रष्टाचार र ठगी बढ्दै गएको बताएका हुन्। प्रमुख आयुक्त घिमिरेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको कतिपय अनुसन्धानमा सुरुदेखि नै लोखापरीक्षकका लागि भाग छुट्याउने गरेको पाइएको बताए।

कार्यक्रममा महालेखापरीक्षक टंकमणि शर्मा दंगालले निजी र सरकारी सबै क्षेत्रमा भ्रष्टाचार र ठगी बढ्दै गएको बताए। उनले निजी क्षेत्रबाट ठगी हुने र सरकारी निकायहरुबाट भ्रष्टाचार हुने गरेको बताए। उनले लेखापरीक्षकहरुले लेखापरीक्षण गरी प्रमाणित गरेका कतिपय विषयहरुमा भ्रष्टाचार र ठगी भेटिने गरेको बताए। यसबाट लेखापरीक्षकहरु व्यवसायीक धर्मबाट विचलन भएको पाइएको बताउँदै त्यस्तो अवस्था आउन दिन नहुने बताए।

महालेखापरीक्षक शर्माले पवित्र उद्देश्यले खोलिएको धार्मिक संस्था तथा कृषि उत्पादनमा समेत भ्रष्टाचार हुने बताउँदै हिसाब मिलाएर गरिने भ्रष्टाचार केलाउन चुनौति रहेको बताए। त्यस्तै भ्रष्टाचारलाई कम गर्न लेखापरीक्षणका मापदण्डहरुले वित्तीय ठगिको परिभाषाहरुलाई समेत समावेस गर्नुपर्ने उनले बताए।

 

प्रकाशित: ६ पुस २०७६ १०:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App