७ वैशाख २०८१ शुक्रबार
अर्थ

महिला उद्यमी महासंघ पुरस्कृत

काठमाडौं- नेपाल महिला उद्यमी महासंघ (एफविन)ले डेभलपमेन्ट प्रोजेक्ट अवार्ड २०१६ पाएको छ। महासंघले इन्टरनेसनल प्रोजेक्ट म्यानेजमेन्ट एसोसिएसन (आइपिएमए), पोल्यान्डबाट यस वर्षको सर्वोकृष्ट (गोल्ड अवार्ड) पाएको हो।

आइपिएमएका अध्यक्ष रेइनहार्ड वाग्नरले गत मंसिर ३ गते एफविनका तर्फबाट उनले पुरस्कार ग्रहण गरेका थिए। उक्त पुरस्कारलाई शनिबार विशेष समारोहबीच महासंघकी अध्यक्ष भवानी राणालाई हस्तान्तरण गरियो। आइपिएमए सन् १९६५ मा स्थापना भएको विश्वको पहिलो प्रोजेक्ट म्यानेजमेन्ट संस्था हो।

प्रकाशित: ३ पुस २०७३ ०४:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App