coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बुटवल सडक मानवमुक्त सहर घोषणा

रुपन्देही- बेसाहरा, अभिभावकविहीन भएर सडकमा आश्रित जीवन बाँच्न नपर्ने प्रतिवद्धतासहित बुटवललाई सडक आश्रित मानवमुक्त सहरका रुपमा घोषणा गरिएको छ। ‘सबैका लागि ‘खाना, नाना र छाना हाम्रो घोषणा’ भन्ने अभियानसहित बुटवल उपमहानगरपालिकालाई शनिबार बिशेष समारोहका बिच सडक आश्रित मानवमुक्त सहर घोषणा गरिएको हो।

मानवता प्रवद्र्धन र कोही पनि नागरिक बेसहारा भएर सडकमा आश्रित जीवन बाँच्न नपरोस् भन्ने महत्वकाक्षी प्रतिबद्धतासहित यो घोषणा गरिएको छ। मानव सेवा आश्रमसँगको सहकार्यमा पहिलो चरण अन्तर्गत प्रदेश ५ को अस्थायी राजधानी बुटवललाई सडक आश्रित मानवमुक्त सहरका रुपमा घोषणा गरिएको छ।

प्रदेश सरकारका मन्त्री, प्रदेश सांसद, जिल्ला समन्वय समितिका प्रमुख, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरीका प्रतिनिधि र स्थानीय तहका जनप्रतिधिलाई साँची राखेर बुटवल उपमहानगरका नगरप्रमुख शिवराज सुवेदीले बुटवलमा अब कसैले सडकमा आश्रित भएर बेसाहरा जीवन बिताउनु नपर्ने घोषणा गरे।  

स्थानीय कला संस्कृति झल्कले ¥यालीसहित बुटवल बजार परिक्रमापछि उपमहानगर कार्यालय परिसरमा बुटवललाई सडकमा आश्रित मानवमुक्त सहरका रुपमा नगरप्रमुख सुवेदीले प्रतिवद्धतासहितको घोषणा गरेका हुन्। उनले सो अवसरमा बुटवल उपमहानगरलाई मानवताको सहर बनाउनका लागि मानवसेवा आश्रमसँग मिलेर यो महान अभियानको थालनी गरेको भन्दै उपस्थित सबैलाई सपथसमेत खुवाए।

घोषणासभालाई सम्बोधन गर्दै प्रदेश ५ का आन्तरीक मामिला मन्त्री कुल प्रसाद केसीले राज्यको दायित्वको शुरुवात बुटवलबाट सुरु भएको बताए। उनले भने –‘बाँच्न पाउने नागरिकको अधिकारलाई अब राज्यले संरक्षण गर्छ भन्ने सन्देश बुटवलले दिएको छ, अब प्रदेशका १०९ वटै स्थनीय तहले आफ्नो पालिकाका हराएका मान्छेहरुको खोजी गर्नेछन्।’

प्रदेश सरकारले समेत सडक आश्रित मानवमुक्त प्रदेश निर्माणका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएको छ। पहिलो चरणमा बुटवलमा कसैले पनि सडकमा मागेर जीवन चलाउन नपर्ने र यो घोषणा कार्यान्वयनका लागि भन्दै समझदारीसमेत भएको छ। समझदारीपत्रमा सामाजिक विकास मन्त्री सुदर्शन बराल, बुटवल उपमहानगरपालिका नगर प्रमुख शिवराज सुवेदी, रुपन्देहीका निमित्त प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्मा, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख हेम कुमार थापा र मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले हस्ताक्षर गरेका छन्।

प्रदेश सरकार, बुटवल उपमहानगर सहितका विभिन्न पक्षले समझदारी गरेपनि मानव सेवा आश्रमले बेसाहरा र असाहहरुको व्यवस्थापन गर्ने छ। सडकमा कोही कसैले पनि माग्न नपाउने र माग्न नपर्ने वातावरण बनाइएको भनेर घोषणा गरिएपनि कार्यान्वयनमा भने निकै चुनौतीपूर्ण देखिन्छ।
घोषणा सभामा सहभागी अतिथिहरु।

प्रकाशित: ६ पुस २०७६ ०७:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App