सहकारीले बैंकसँग प्रतिस्पर्धा गर्न सक्नुपर्छ : मन्त्री अर्याल

आइतबार, ०६ पुष २०७६, १२ : ४८ नागरिक

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी संस्थाले बैंकसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता विकास गर्नुपर्ने बताएकी छिन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.को २८ औं वार्षिक साधारणसभामा मन्त्री अर्यालले सहकारीमा वित्तीय सुशासन कामय गर्नुपर्ने बताइन् ।

‘सहकारीसँग तल्लो तहसम्मका जनतालाई मोटिभेसन गर्ने शक्ति छ, दुई–चारजनाले प्रगति गरेर हुँदैन । तल्लो वर्गलाई माथि उठाउने गरी अबको सहकारी गतिविधि सञ्चालन गर्नुस् ।’

‘अब सहकारी क्षेत्रलाई डिजिटलाइज्ड गर्नुपर्छ,’ मन्त्री अर्यालले भनिन्, ‘समयसापेक्ष रुपमा प्रविधि प्रयोग गर्नुपर्छ ।’ अब परम्परावादी ढंगले सहकारी चल्न नसक्ने भन्दै समयसापेक्ष प्रविधिको प्रयोग गर्नुपर्ने धारणा राखिन् । सहकारी क्षेत्रमा केही खतरा देखापरेको भन्दै उनले अब सहकारीका सञ्चालक सदस्यहरुले प्रत्येक वर्ष सम्पत्ति विवरण पेस गर्नुपर्ने बताइन् ।

सहकारी अभियानले अब संख्या बढाउने भन्दा पनि गुणस्तरमा प्राथमिकता दिनुपर्ने उनको धारणा थियो । ‘सहकारी संस्थाको मर्जर अभियान अभियन्तालाई हेरेर ल्याइएको हो,’ उनले भनिन्, ‘संस्था धेरै भएर मात्र प्रगति हुन सक्दैन ।’ वित्तीय कारोबार बढी गर्ने संस्थाबीच बढी मर्जर गर्न खोजिएको उनले बताइन् । ‘संस्था बढाउनुभन्दा मर्जर गरेर कार्यक्षेत्र बढाउँदा राम्रो हुन्छ,’ उनले भनिन् ।

सरकार, सहकारी र निजी क्षेत्रलाई राज्यले संविधानमार्फत विकास र समृद्धिको साझेदार मानिसकेको दोहोर्‍याउँदै मन्त्री अर्यालले अब सहकारीमार्फत मुलुक समृद्धिको दिशामा अगाडि बढ्नुपर्ने धारणा राखिन् । कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण र औद्योगिकीकरणमा राज्य अगाडि बढ्ने भन्दै त्यसको अगुवाई सहकारीले गर्नुपर्ने उनको भनाइ छ । राष्ट्रिय पुँजी निर्माण अहिलेको मूल विषय भएको भन्दै मन्त्री अर्यालले उत्पादन र उत्पादकत्व वृद्धि नगरी राष्ट्रिय पुँजी निर्माण हुन नसक्ने बताइन् ।

राज्यले लिएको समाजवादमा पुग्ने लक्ष्य पूरा गर्न सबै प्रकारका गरिबी अन्त्य हुनुपर्ने अर्यालको धारणा थियो । ‘सबै प्रकारको गरिबीको अन्त्य पहिलो मन्त्र हो । सहकारीसँग तल्लो तहसम्मका जनतालाई मोटिभेसन गर्ने शक्ति छ,’ उनले भनिन्, ‘दुई–चारजनाले प्रगति गरेर हुँदैन । तल्लो वर्गलाई माथि उठाउने गरी अबको सहकारी गतिविधि सञ्चालन गर्नुस् ।’


 





यसमा तपाईको मत

अन्य समाचार

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

नेपाली बजारमा उपलब्ध भएका र लगभग ३० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad