८ वैशाख २०८१ शनिबार
समाज

झोलुंगे पुलले दुई घण्टाको यात्रा १० मिनेटमै

झोलुंगे पुल उद्घाटन गर्दै गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुन, उपमेयर मैना विकलगायत। तस्बिर: नगेन्द्र/नागरिक

सुर्खेत - गुर्भाकोट नगरपालिकाको बोटेचौर बजार र घुमखहरे गाउँलाई भेरी नदीले छुट्याएको छ। हेर्दा नजिकै देखिने यी बस्ती पुग्न केही दिनअघिसम्म दुई घण्टासम्म पैदल यात्रा गर्नुपर्ने बाध्यता थियो। नजिकै पुल नहुँदा स्थानीय भेरी नदी तर्न जोखिमपूर्ण यात्रा गछिल्लो पाँच वर्षको अवधिमा भेरी नदी तर्ने क्रममा तीन जनाले ज्यान गुमाए, जसमध्येका एक हुन् इन्द्रबहादुर राना।

‘भेरी वारपार गर्ने पुल थिएन्, जंघार तर्न खोज्दा श्रीमान्ले ज्यान गुमाउनुप¥यो,’ इन्द्रबहादुरकी पत्नी पवित्राले भनिन्, ‘अब पुल बनेको छ, कसैले पनि भेरीमा अकालमा ज्यान गुमाउनेछैनन्।’ पतिको सम्झनामा पवित्राले झोलुंगे पुलका लागि निःशुल्क जमिन दिइन्। त्यहीं ठाउँमा अहिले १७९.८० मिटर लामो पुल बनेको छ। ‘लामो यात्रा गर्न झन्झट हुने भएकाले बर्खाको भेलमा पनि भेरीमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हामीलाई थियो,’ पवित्राले भनिन्, ‘पुल बनेपछि भेरीको जोखिमपूर्ण यात्रा मात्रै टरेको छैन्, डेढ–दुई घण्टाको पैदलयात्रा १०–१५ मिनेटमै झरेको छ।’

घुमखहरेका ६५ वर्षीय शशि विश्वकर्मा अहिले १० मिनेटमै बोटेचौर बजार पुग्छन्। आफ्नो घर नजिकैको बजार जान केही दिनअघिसम्म उनी कम्तीमा डेढ घण्टा पैदल यात्रा गर्थे। ‘औषधि उपचार गर्न, किनमेल गर्न, गाडी चढ्न र काम खोज्न हाम्रा लागि सबैभन्दा नजिकको ठाउँ बोटेचौर बजार हो,’ आफ्नो जीवनको करिब ६० वर्ष डेढ–दुई घण्टा पैदल हिँडेर गरेर बजार पुग्ने गरेका उनले भने, ‘अहिले भेरीमा पुल बनेपछि डेढ–दुई घण्टाको यात्रा १० मिनेटमा सीमित भएको छ।’

भेरी नदीमाथि पुल नहुँदा साबिकको घुमखहरे गाविसबाट सहारे आउन दुई घण्टासम्म पैदल यात्रा गर्नुपथ्र्यो। भेरीको जंघार तर्ने क्रममा जोखिम मोल्नुपथ्र्यो। अहिले आँपसोतीमा पुल बनेपछि दुई घण्टाको यात्रा १० मिनेटमा झरेको छ भने जोखिम पनि टरेको छ।

गुर्भाकोट नगरपालिका–९ को बोटेचौर बजार भेरी करिडोरअन्तर्गतको मुख्य नाका हो। यहींबाट सल्यान, जाजरकोट हुँदै डोल्पा पुगिन्छ। सुर्खेत–दाङको प्रस्थान बिन्दु पनि यही बजार हो। सदरमुकाम वीरेन्द्रनगर आउन पनि भेरीपारिका बासिन्दा घुमाउरो बाटो प्रयोग गर्थेे। स्कुले बालबालिका पनि घुमाउरो बाटो प्रयोग गरेर विद्यालय पुग्थे।

साबिकको घुमखहरे र बोटेचौर गाविसलाई जोड्न आँपसोतीमा झोलुंगे पुल बनेपछि कृषि उपजको बजारीकरणदेखि आउजाउमा सहज भएको छ। पुल बनेपछि आवतजावत, आफन्त भेटघाट, सामान खरिदबिक्री गर्न सहज भएको लालबहादुर खत्रीले बताए। ‘पहिले कोही आफन्त आएको घरबाट प्रस्टै भेरीपारि देखिन्थ्यो। तर घर आउन लामो समय लाग्थ्यो,’ उनले भने, ‘अब त यो अवस्था रहेन।’

गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुनले पुल बनेपछि नगरपालिकाभित्रका वडा ९, १० र ११ का चार सयभन्द बढी घरधुरी लाभान्वित भएको बताए। ‘किसानले आफ्नो उत्पादन बेच्न कम्तीमा एकदेखि दुई घण्टासम्म हिँड्नुपथ्र्यो, विद्यार्थीलाई घरपारिको स्कुल जान समस्या थियो,’ पुनले भने, ‘पुल बनेपछि यस्ता समस्या समाधान भएका छन्।’ आर्थिक वर्ष २०७२/७३ मा ठेक्का सम्झौता भएको पुल एक करोड २० लाख रुपैयाँ लागतमा सम्पन्न भएको हो।

प्रकाशित: ६ पुस २०७६ ०३:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App