coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

काठमाडौंमा एकैरात चार ठाउँमा चोरी

काठमाडौं- काठमाडौंमा शुक्रबार राति चार ठाउँमा चोरी भएको छ। महानगरीय प्रहरी कार्यालयका अनुसार कुलेश्वर, मैतीदेवी, नयाँबजार र टोखामा चोरी भएको हो। प्रहरीको अनुसार कुलेश्वर आवास क्षेत्र बस्ने सुनिल पन्तको हार्डवेयर पसलबाट १ लाख ५० हजार रुपैयाँ बराबरको सामान चोरी भएको छ। यसैगरी मैतीदेवी डेरा गरी बस्ने भारत राजस्थानका राजेशकुमार सिंघालको कोठाबाट ढोका फोडेर चोरले एक तोलाको सुनको सिक्री र नगद ५० हजार चोरेको छ।

नयाँबजार डेरा गरी बस्ने स्याङ्जा वालिङ १० का टेकबहादुर श्रेष्ठको कोठाबाट चार तोला सुनका गहना, एलसिडी टिभी र नगद ६० हजार चोरी भएको छ।

ग्रान्डी अस्पतालनजिक डेरा गरी बस्ने काभ्रे गोकुलेश्वर ७ की पेमा तामाङको कोठामा कोही नभएको अवस्थामा ढोकाको ताल्चा फुटाई नगद ८३ हजार, आधा तोला सुनको टप र पुरानो तामाको पैसा आधा केजी चोरी भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनामा संलग्नको खोजी भइरहेको छ।

प्रकाशित: ३ पुस २०७३ ०२:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App