७ वैशाख २०८१ शुक्रबार
राजनीति

नेकपा स्थायी कमिटीको बैठक लम्बियो

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक थप एक दिन लम्बिएको छ।

शनिबार पार्टी मुख्यालय धुम्बाराहीमा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिएका छन्। साता अघि सुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गरेका थिए।

बिहीबार स्थायी समितिका सदस्यहरुले बोल्ने क्रम सकिए पनि बैठक शुक्रबार नबसी आज शनिबार बसेको हो। बैठकमा अधिकांश स्थायी कमिटी सदस्यहरुले सरकारको कामको आलोचना गरेका छन्।

सदस्यहरुले जनतामा छाएको निराशा, पार्टी एकलौटी ढंगले निर्णय गर्ने प्रवृत्तिले पार्टी चल्न नहुने भन्दै नेतृत्वलाई सुझाव दिनु भएको प्रवक्ता नारायण काजी श्रेष्ठले बताए।

बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको प्रतिवेदनमाथि सुझावका आधारमा परिमार्जन, विधान संशोधनबारे थप स्पष्ट पार्न समय आवश्यक परेकोले बैठक आइतबार पुन बस्ने प्रवक्ता श्रेष्ठले बताए।  

यस्तै आजको बैठक पछि सञ्चारकर्मीसंग बोल्दै कमिटि सदस्य भिम रावलले अमेरिकी सरकारले दिने भनेको मिलिनियम च्यालेन्ज कर्पोरेशन मार्फतको सहयोग बारे पार्टी र सरकारले जनतालाई स्पष्ट पार्नुपर्ने बताए। प्राप्त हुने सहयोग अमेरिकी इन्डो प्यासिफिक रणनीति अन्तर्गत हो भने तत्काल रोक्न आफुले माग गरेको बताए। 

प्रकाशित: ५ पुस २०७६ १३:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App