coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

समाचार प्रभाव : बढी लिएको तलब फिर्ता

दमक- झापाको दमक नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद तिम्सीनाले बढी लिएको तलब फिर्ता गर्ने भएका छन्।

उनले फेसबुकमा स्टाटस लेख्दै कार्यपालिका बैठकले निर्णय गरेर लिएको रकम फिर्ता गर्ने भएका हुन्। उनले गैह्रकानुनी रुपमा कार्यपालिकालाई प्रभावमा पारेर तलब बढाएका थिए। अधिकृत स्तर नवौ तहका कर्मचारी उनले निर्णय गराएर दशौ तहको तलब बुझ्ने गरेका छन्। यस बारेमा नागरिक न्युजमा समाचार प्रकाशित भएपछी अष्ट्रेलियामा रहेका उनले स्टाटस लेखेर फिर्ता गर्ने बताएका हुन्।

असोज ४ गते शनिबारको बैठकबाट प्रमुख रोमनाथ ओली नभएको समयमा उपप्रमुख गिताकुमारी पौडेल (अधिकारी)लाई प्रभावमा पारेर निर्णय गराएका थिए। कार्यालयमै कायम रहेका शिक्षा शाखाका प्रमुख न्यौपाने समान तलब उनले बुझ्छन्। संघीय सरकारले उनलाई अधिकृत स्तर नवौको मात्रै तलब खुवाउछ। बाकीँ तलब भने उनले नगरपालिकाकै स्रोतबाट खाने गरेका हुन्। उनले साउन १ गतेदेखि नै लागु हुने गरि तलब बढाएका हुन्। प्रमुख प्रशासकीय अधिकृत कार्यापालिकाको सदस्य सचिव रहन्छन्।

न्यौपानेले मासिक ४७ हजार ३ सय ८० रुपैयाँ बुझ्छन भने सरकारी तलब अनुसार तिम्सीनाको तलब ४० हजार तीन सय ३० रुपैयाँ मात्रै हुन्छ। तर तिम्सीनाले भने कार्यापालिकाबाट निर्णय गराएर ७ हजार ५० रुपैयाँ थप तलब बुझ्ने गरेका हुन्।
 

प्रकाशित: ५ पुस २०७६ १२:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App