७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

सन् २०१९ मा विश्वभरी पत्रकार हत्यामा सोह्र वर्ष यताकै कमी

काठमाडौं- विश्वका विभिन्न ठाउँमा भइरहेको द्वन्द्व र अनुदारवादी शासन व्यवस्थाका कारण हरेक वर्ष सयौँ पत्रकारको हत्या हुने गरेको छ। तर यस वर्ष भने पत्रकारको हत्याका घटनामा केही कमी आएको छ। सन् २०१९ प्रेस स्वतन्त्रता, पत्रकारिता र लोकतन्त्रका लागि यो तथ्याङ्कलाई केही सुखद् भएपनि सन्तोष मान्ने अवस्था भने नरहेको अधिकारकर्मीहरुको भनाई छ।

हालै सार्वजनिक भएको विवरणअनुसार सन् २०१९ मा संसारभर ४९ जना पत्रकारको हत्या भएको छ। तर अघिल्लो वर्ष विश्वका ९४ जना पत्रकारको हत्या भएको तथ्यांक सार्वजनिक भएको थियो। पछिल्लो दुई दशकमा औषतमा प्रत्येक वर्ष ८० पत्रकारको हत्या हुने गरेको जनाइएको छ।

‘रिपोर्टर्स विथाउट वोर्डर’ ले गत मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनमा हत्या हुने पत्रकारको सङ्ख्या गत १६ वर्षयताको सबभन्दा कम भएको उल्लेख गरिएको छ। हत्या गरिएका पत्रकारको सङ्ख्यामा ऐतिहासिक रुपमा कमी आएको रिपोटर्स बिथाउट बोर्डरको भनाई छ।

सबैभन्दा धेरै पत्रकार मारिएको वर्ष सन् २००६ थियो। त्यस वर्ष मात्रै १ सय ५५ जना पत्रकार मारिएका थिए। यो सङ्ख्यामा आमसञ्चार संस्थामा कुनै न कुनै रुपमा काम गर्ने सबैलाई जोडिएको छ। सन् २०१८ मा हत्या गरिएका पत्रकारको सङ्ख्या सन् २०१७ को भन्दा बढी भएपनि इराक र सिरियामा युद्ध चर्किएको बेलामा जस्तो धेरै भने थिएन।

गएको १६ वर्षमा अफगानिस्तान पत्रकारका लागि सबैभन्दा खतरनाक देशको रूपमा कायम छ। काबुलमा एउटा बम विस्फोटको समाचार संकलन गर्न गएका नौ अफगानी पत्रकार मारिएका थिए। दोस्रो आत्मघाती विस्फोट पत्रकारकै भेष धारण गरेका आक्रमणकारीले गराएका थिए। पत्रकार हत्याका घटनामा अहिले भने कमी आएको छ।

लामो समयदेखि द्वन्द्वग्रस्त मुलुकहरुमापनि अघिल्ला वर्षहरुको तुलनामा यस वर्ष पत्रकार हत्याका घटना कम भएको पाईएको छ। द्वन्द्वरत पक्ष कमजोर हुदै गएको, पत्रकार हत्याका बारेमा उनीहरुको सतर्कता र सचेतना बढेको पत्रकारको हत्या हुँदा संसारभरीबाट आक्रोस र आलोचना भएर बद्नाम हुनेगरेको, पत्रकारको हत्यामा संलग्न भएको पक्षलाई असहयोग र अप्ठ्यारो बढी पर्ने गरेकोलगायतका कारणले हत्याका घटनामा कमी आएको विश्लेषण गरिएको छ।

त्यसैगरी कतिपय मुलुकहरुमा भने द्धन्द्वको अवस्थामा सुधार आएको र शासन व्यवस्था र तथा शासकहरु पनि परिमार्जित हुन बाध्य भएकाले पत्रकार हत्याका घटना कम भएको हुनेसक्ने विज्ञहरुको भनाई छ।

अघिल्लो वर्ष अर्थात सन् २०१८ मा भने पछिल्ला तीन वर्षमा घट्दै गएको पत्रकार एवम् सञ्चारकर्मीको हत्याको घटनामा फेरि वृद्धि भएको थियो। समाचार संकलन, सम्प्रेषण र प्रसारण तथा प्रकाशन गर्ने क्रममा वा गरे वापत मारिएका सञ्चारकर्मी र पत्रकारको संख्या सन २०१८ मा सबैभन्दा बढी अफगानिस्तान र सवै भन्दा कम प्यालेस्टाइन र ग्वाटेमालामा रहेको थियो। रासस

 

प्रकाशित: ५ पुस २०७६ ०९:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App