coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

किसानको श्रेणी छुट्याउन माग

फाइल फोटो

काठमाडौं– राष्ट्रिय किसान आयोग, काठमाडौँद्वारा आयोजित अन्तरक्रियामा किसानहरुले आफुहरु निकै ठूलो समस्यमा पर्दै आएको गुनासो गरेका छन्।

अन्तरक्रियामा किसानहरुले आर्थिक लगानी देखी बाँदर आतंकसम्मका विषय उठाएका छन्। उनीहरुले किसानहरुलाई विभिन्न श्रेणीमा विभाजन गरि परिचयपत्र दिनु पर्ने समेत माग गरे। 

‘गाडी किन्ने सर्तमा ऋण दिने बैंकले कृषि खेतीका लागि ऋण दिँदैनन्, जसले गर्दा कृषिमा आवश्यक लगानी जुट्न सकेको छैन’, गुल्मीको रेसुङ्गा नगरपालिका–१२ का कृष्ण बस्नेतले भने,‘कृषिमा अनुदान होइन, आवश्यक ऋण दिए जिल्लालाई चाहिने तरकारी उत्पादन गर्छौं।’ 

कार्यक्रममा बोल्दै उनले किसानका धेरै समस्या भए पनि समाधानका लागि खासै पहल नहुने दुःखेसो गरे। 

उनले किसानलाई विभिन्न श्रेणीमा विभाजन गरी परिचयपत्र दिनुपर्ने समेत माग गरे। यता इस्मा गाउँपालिका अमरपुरका किसान कृष्णप्रसाद घिमिरेले जङ्गली जनावरले आफूहरुले लगाएको अन्नबाली सखाप पार्दासमेत राज्यसँग नियन्त्रयणको कुनै उपाय नभएको बताए। 

‘जताजतै बाँदर आतङ्क छ, तर नियन्त्रणको कुनै उपाय छैन’, उनले भने,‘काम गरेर फल स्याहार्ने बेला निराश हुनुपर्छ।’ उनले भौतिक पूर्वाधारको जिम्मा राज्यले लिने, लगानीमा आधारित नभएर उत्पादनमा आधारित बीमाको व्यवस्था गर्ने लगायतका कार्य गरेमा कृषि उत्पादनमा वृद्धि हुने धारणा राखे। 

नेपाल किसान सङ्घका जिल्ला सभापति मुकुन्दप्रसाद भण्डारीले उत्पादित वस्तुको बजारको ग्यारेन्टी नहुँदा किसानलाई समस्या परेको बताए। 

अखिल नेपाल किसान महासङ्घका केन्द्रीय सदस्य रामप्रसाद पाण्डेले किसानको नेता हुनेले पनि कृषि गर्नु अनिवार्य रहेको धारणा राखे। 

जिल्ला सहकारी सङ्घका अध्यक्ष यमबहादुर थापा क्षेत्रीले कृषि कार्यमा प्रविधि, सीप, लगानी, श्रम र बजारको आवश्यकता भएकाले कृषिमा सोचेजति उपलब्धि हासिल हुन नसकेको बताए। लगानी र बजारको मात्रै राज्यले ग्यारेन्टी लिएमा धेरै प्रतिफल प्राप्त गर्न सकिने उनको बुझाइ छ।

कार्यक्रममा उठेका प्रश्न तथा जिज्ञासाको जवाफ दिँदै राष्ट्रिय कृषि आयोगका सदस्य उदयचन्द्र ठाकुरले किसानकै पक्षमा काम गर्न किसान आयोगको स्थापना भएकाले किसानका समस्यालाई सबै मिलेर अन्त्य गर्नुपर्ने बताए। रासस 

प्रकाशित: ५ पुस २०७६ ०८:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App