coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

स्वरोजगार बनाउन युवा व्यवसायीलाई अनुदान

खोटाङ– खोटाङको रावाबेँसी गाउँपालिकाले युवालाई स्वरोजगार बनाउन युवा लक्षित कार्यक्रम कार्यान्वयनमा ल्याएको छ। गाउँमा बसेर विभिन्न कृषि सम्बन्धी व्यवसाय सञ्चालन गर्दै आएका युवा किसानलाई प्रोत्साहित गर्न गाउँपालिकाले अनुदान उपलब्ध गराएको हो।

कृषिको व्यवसायीकरणका लागि रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीका धर्मदत्त पाण्डे, रावाबेँसी गाउँपालिका–५ दुबेकोलका सिमन राई, रावाबेँसी गाउँपालिका–२ खार्पाका सुरेश पौडेल र रावाबेँसी गाउँपालिका–१ कुभिन्डेकी अञ्जना राईलाई बाख्रा पालन व्यवसायका लागि ५०/५० हजार प्रदान गरिएको छ।

यस्तै, रावाबेँसी गाउँपालिका–६ हौंचुरका प्रताप राई, रावाबेँसी गाउँपालिका–५ दुबेकोलका तेजबहादुर राई र रावाबेँसी गाउँपालिका–१ कुभिन्डेकी गोमाकला राईलाई बंगुरपालनका लागि ५०÷५० हजार अनुदान प्रदान गरिएको गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले बताए। रावाबेँसी गाउँपालिका–२ खार्पाका भक्त राईलाई कुखुरा पालनका लागि, रावाबेँसी गाउँपालिका–५ दुबेकोलकी जमुना श्रेष्ठलाई तरकारी खेतीका लागि र रावाबेँसी गाउँपालिका–६ हौंचुरका निरकुमार श्रेष्ठलाई केराखेतीका लागि ५०/५० हजार प्रदान गरिएको छ।

यस्तै, बिहीबार ६ वडाका एक÷एक वटा पशुपालन किसान समुहलाई एक÷एक वटा बोयर जातको बोका तथा पशुपालन किसान समूहलाई स्थानीय जातका तीन÷तीन वटा बोका वितरण गरिएको छ। मागका आधारमा केही किसानलाई बंगुरको भाले पनि वितरण गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकामा ८४ वटा कृषक समूह र ४३ वटा पशुपालन कृषक समूह छन्।

 

प्रकाशित: ५ पुस २०७६ ०७:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App