७ वैशाख २०८१ शुक्रबार
समाज

हिमपातपछि बन्द विद्यालय अझै खुलेनन्

हिमपातपछि बन्द विद्यालय। तस्बिर : जतग खड्का/नागरिक

बझाङ – हिमपातपछि चिसो बढेको कारण देखाउँदै बन्द गरीएका यहाँका लेकाली भेगका ४० भन्दा बढी विद्यालय एक साता बितिसक्दा पनि अझै खुलेका छैनन्। विद्यालय नखुलेकाले पठनपाठनमा समस्या आउने भन्दै विद्यार्थी तथा अभिभावकहरूले गुनासो गरे।

‘विभिन्न कारणले विद्यालय बन्द हुँदा तीन महिनाभन्दा बढी पढाइ हुन्न,’ महेन्द्र मावि गैरी कक्षा १० की छात्रा कल्पना बोहरलेभनिन्, ‘सरले यार्सागुम्बा संकलन, चिसो र गर्मी याम अनि दसैं–तिहारको बहानामा लामो समय विद्यालय बन्द गर्ने हुँदा विद्यालयमा पूरा पढाइ नहुने समस्या छ।’ उनले थपिन्, ‘चैतमा एसइई परीक्षा हुन्छ, हाम्रो कोर्स आधा पनि भएको छैन। अरू ठाउँका विद्यार्थी कोचिङ पढ्न थालिसके।’ आर्थिक समस्याका कारण सदरमुकाम चैनपुर गएर पढ्न नसकिएको उनी बताउँछन्। शिक्षक व्यक्तिगत कामले बिदा बस्ने गर्दा विद्यालय खुलेको समयमा नियमित पढाइ हुन नसकेको उनको भनाइ छ।

चिसोका बाबजुद जेनतेन पढाइ चलिरहे पनि हिमपातपछि विद्यार्थी नआउने भएका कारण पढाइ हुन नसक्ने धलौन माविका प्राधानाध्यापक हिमभक्त सिंहले बताए। ‘निकै धेरै हिमपात भएको छ,’ उनले भने, ‘तलकोट गाउँपालिकाको खौलास्थित आफ्नो घर पुग्न पनि नसकिने अवस्था छ। विद्यालयमा विद्यार्थी नआउने भएपछि विद्यालय खोलेर मात्र के गर्नु ?’

प्रकाशित: ५ पुस २०७६ ०२:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App