८ वैशाख २०८१ शनिबार
अन्य

भादगाउँको गोधुली साँझ

पुराना पाटीमा भजनको उज्यालो। गल्लीहरूमा रमाउँदै गरेका नानीहरूको हसिलो अनुहार। कतै बासुरी र धिमे सिक्दै गरेका यूवययूवतीको सुरीलो उज्यालो। मठ –मन्दिरमा दियोको उज्यालो। एक विहानै खेतबारीमा हिडेका भक्तहरू जव साझ यो सुन्दर पुरमा फर्कन्छन तव साचो अर्थमा भक्तपुर झुल्कन्छ।

‘दिउसोको भक्तपुरको उज्यालो त देशविदेशका पर्यटकले सधै हेर्दे आएका छन, ’ सस्कृतविद ओम धौभडेल भन्छन, ‘साझमापनि भक्तपुर उत्तिकै रहरलाग्दो र चम्कीलो रहन्छ।’ दिनभर भक्तपुरघुम्ने पर्यटक साझपख फर्कने गरेको बताँउदै त्यसपछिको भक्तपुर झनै रहरलाग्दो रहने उनले सुनाए।

किसानहरू दिनभर खेतबारीमा रहने र साझ नगरमा फर्केपछि यहाँको रौनक बढ्ने गरेको उनी बताउँछन। ‘त्यसैले होला यहाँका चाँड पर्व र जात्रा पनि प्राय साझमै रहन्छन,’ उनी थप्छन, ‘साझ यो सहर जात्रा पर्वले झनै उज्यालिन्छ।’ माध १ गते देखि करिब ९ महिना भक्तपुरको टोल टोलमा साझपख देखाइने नवदुर्गा नाँचले त यो सहर झनै जीवन्त देखिन्छ। यस बाहेक केही साता अघिमात्र सकिमना पर्वको उपलक्ष्यमा यो नगर पुर्णीमाको चन्द्र झै चम्केको थियो।

एक विहानै खेतबारीमा हिडेका भक्तहरू जव साझ यो सुन्दर पुरमा फर्कन्छन तव साचो अर्थमा भक्तपुर झुल्कन्छ। नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन र भक्तपुरको पर्यटनलाई बढावा दिने उद्देश्यका साथ भक्तपुरमा नगरपालिकाको पहलमा सन्ध्याकालिन सम्पदा क्षेत्र पदयात्रा थालनी गरिएको छ।

कतिसम्म भने यो नगरमा भाईटिका पनि साझमै हुन्छ। यहाँको प्रमूख जात्रा बिस्केटको उपलक्ष्यमा लिंगो ढाल्ने र ठडाउने जात्रा पनि साझमै हुदै आएको छ। घन्टाकर्ण पर्व देखि इन्द्रजात्रा सम्म सवै साझका रौनक हुन। ‘एक अर्थमा भन्ने हो साझमा भक्तपुर फुर्सदिलो हुन्छ,’ धौभडेल थप्छन, ‘त्यसैले साझको भक्तपुर गुलजार रहन्छ।’


 साझको फुर्सदमा पाटीबाट गुन्जने भजनका धुनले यो सहरले मन शान्त बनाउँछ। ‘पुराना पाटीमा अझैपनि मल्लकालीन भजन गु्न्जन्छन, ’ उनी थप्छन, ‘दियोको उज्यालोमा भजन गाउँनेको मात्र हैन वरपर सुन्नबसेका सर्वसाधरणको अनुहारपनि चम्कीरहेको हुन्छ।’

साझको समयमा भक्तपुरको प्राचिन सम्पदासंगै यहाँको दैनिक जनजिवन नियाल्दा सास्कृतिक नगरी साच्चीकै जविन्त देखिन्छ। सिङगो नगर खुल्ला संग्रालयझै लाग्छ। मल्ल्कालीन अदभुत कलाले सिंगिरिएको ५५ झ्याले दरवार, स्वर्णद्वार लगायत शहरका भित्री भागमा रहेका टौमढी, दत्रात्रयमा नगरपालिकाले पछिल्लो समयमा सोलार बत्तीको समेत व्यवस्था गरेकाले सुनमा सुगन्ध जस्तो देखिन्छ।

विश्व सम्पदा सूचीमा रहेका भक्तपुर दरवार क्षेत्रका प्राचिन सम्पदामात्र हैन यहाँका अन्य कलासंस्कृति, सम्पदा, मौलिक उत्पादन र जीवनशैली सवै जिवन्त छन्  भौगोलिक हिसावले नेपालकै सबभन्दा सानो यो जिल्ला प्राचीन वास्तुकला र गौरबमय संस्कृतिको अभूतपूर्व समायोजनले संसारभर प्रसिद्ध छ।  नेवारी जीवनशैलीले भक्तपुर नगर सजिव संग्रहालय बन्न पुगेको हो।

परम्परागत शिप शैली, प्राकृतिक रितुसंगै मनाउने विशिष्ट जात्राहरूको उत्सवहोस् या जीवनयापनका दैनिक प्रणालीले पर्यटकको ध्यान तान्ने गरेको छ। भक्तपुरका हरेक कुना र गल्लीहरूबाट अझैपनि सताव्दीयौदेखिको परम्परागत आकर्षक दृश्य तथा सास्कृति स्पर्श मिल्छ। भक्तपुरको आकर्षणलाई लिएर सस्कृतविद तेजेश्वरबाबु ग्वगंले‘चराको गुँडझै जन्मस्थल मेरो भक्तपुर’ कितावमा यसको जीवन्तता निक्कै चाखलाग्दो गरेर बर्णन गरेका छन्।

ग्वगंले यहाका सम्पदासंगै जोडिएका याहाँका सर्वसाधरणको जीवनशैलीले सहरले जीवन्तता पाएको सुनाउँछन। त्यसैले चरा गुँडमा फर्किएपछिको साझको भक्तपुर झनै रहरलाग्दो देखिन्छ। ‘हामी दिनभर खेतबारीमा काम गर्छोे साझ मात्र घर फकन्छौ,’ नासीमना गलीका ५५ बर्षीय कृष्णप्रसाद ट्वायना भन्छन, ‘ साझ पख पाटीमा बसेर दौतरीसंग कुरा गर्न पाउँदा निकै खुसी लाग्छ।’ आफ्ना लागी दिउसो भक्तपुर पराइजस्तै्र  तर साझ आफ्नो लाग्ने उनले सुनाए।

त्यसैले होला भक्तपुरमा सन्ध्याकालीन सम्पदा क्षेत्र पदयात्रा थालनी गरिएको छ। नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन र भक्तपुरको पर्यटनलाई बढावा दिने उद्देश्यका साथ भक्तपुरमा सन्ध्याकालिन सम्पदा क्षेत्र पदयात्रा थालनी गरिएको हो।

भक्तपुर नगरपालिकाको  पहलमा भ्रमण वर्षको पहिलो औपचारिक कार्यक्रम अन्तर्गत सन्ध्याकालिन सम्पदा क्षेत्र पदयात्राको थालनी गर्दै भक्तपुर नगरपालिकका नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थल बनाउन यहाँको कला, संस्कृति र सम्पदा संरक्षण एवम् सरसफाइले सहयोग गर्ने बताएका छन्।

नेपाल भ्रमण वर्ष २०२०लाई सफल बनाउन र भक्तपुरको पर्यटकीय गतिविधिलाई बढावा दिनका लागि भक्तपुर महोत्सवकोसमेत आयोजना गरिने बताउँदै प्रजापतिले सोको तयारी द्रत गतिमा भई रहेको जानकारी दिनुभयो। भक्तपुर नगरपालिका पर्यटक सेवा तथा सूचना केन्द्रका प्रमुख गौतमप्रसाद लासिवा पर्यटकको स्वागतको लागि भक्तपुर सधै तयार रहेको बताउँदै सन्ध्याकालिन भ्रमणले पर्यटकको मन झनै जित्ने बताए।

प्रकाशित: ५ पुस २०७६ ०२:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App