coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

‘यमीलाई राष्ट्रियसभामा लैजाने सहमति भएको छैन’

काठमाडौं – समाजवादी पार्टी राष्ट्रिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराइले समाजवादी पार्टीकी नेत्री हिसिला यमीलाई राष्ट्रियसभामा लैजाने विषयमा पार्टीभित्र करिबकरिब सहमति भएको भनी प्रकाशित समाचारप्रति आपत्ति प्रकट गरेका छन्। भट्टराइले शुक्रबार समााजिक सञ्जालमार्फत यमीलाई राष्ट्रियसभामा लैजाने भनि सहमति भएको भन्ने समाचार वास्तविकता बाहिर रहेको दाबी गरेका छन्। सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘संविधानसभाको प्रत्यक्ष निर्वाचन जित्ने थोरै महिलामध्ये पर्छिन् हिसिला यमी।

उनको आफ्नै क्रान्तिकारी इतिहास र परिचय छ। पतिको नामबाट चिनाउन पर्दैन। दोस्रो उनलाई चोर बाटोबाट राष्ट्रियसभामा लैजाने न हाम्रो पार्टीको कुनै सोच छ न उनको कहिल्यै रूचि छ। न यसबारे कसैसँग कुनै कुरा भएको छ। यसरी महिला हिंसा नहोस।’ समाजवादी पार्टी स्रोतको दाबीका आधारमा यमीलाई राष्ट्रियसभामा लैजान करिबकरिब सहमति भएको समाचारमा उल्लेख गरिएको थियो।

प्रकाशित: ५ पुस २०७६ ०२:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App