८ वैशाख २०८१ शनिबार
राजनीति

अग्नी पीडितलाई ढिलो नगरी राहतको व्यवस्था हुन्छ: गृहमन्त्री

भगिश्वर लिम्बु

तेह्रथुम- तेह्रथुमको सक्रान्ति बजारमा भएको आगलागीको अबस्थाबारे उपप्रधान तथा गृहमन्त्रि बिमलेन्द्र निधिले निरीक्षण गरेका छन्। उनले आगलागीबाट भएको क्षति र पीडितहरुको अबस्थाका बारेमा जानकारी लिएका थिए।  

गृहमन्त्रि निधिले आगलागी पीडितहरुको अबस्थाका बारेमा जानकारी लिए पछि सरकार र दाताहरुबाट प्रदान गर्न सकिने सहयोग ढिलो नगरी पीडितहरुका लागी पठाईने प्रतिबद्धता जनाए। टोलीमा संगै आएकी सांसद सिता गुरुङले पीडित परिवारलाई ४० बण्डेल जस्तापाता प्रदान गर्ने घोषणा गरिन्।  

यसै बीच शनिबार सदरमुकाम म्याङलुङबाट समेत राहतटोली सक्रान्ति पुगेको छ। जिल्ला दैबि प्रकोप उद्धार समितीको एक टोली सहयोग रकम र राहत सामाग्री लिएर सक्रान्ति पुगेको हो। जिल्ला दैबिप्रकोप उद्धार समितीका संयोजक तथा प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेको नेतृत्वमा सक्रान्ति पुगेको टोलीले राहत सामाग्री पीडित परिवारलाई बितरण गरेको छ। जिल्लाबाट गएको टोलीले यहाँका सरकारी तथा गैर सरकारी संघ सस्थाहरुबाट संकलित रकम समेत बितरण गरेको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताइन्।

आगलागी पीडितहरुलाई दैबिप्रकोप उद्धार समिती तेह्रथुम, नेपाल रेडक्रस सोसाईटी तेह्रथुम, झिगु परोपकार समाज तेह्रथुम , पाचथर उद्योग बाणिज्य संघ पाचथर, निर्माण ब्याबसायी संघ पाचथर, आठराई फिदिम समन्वय समिती पाचथर, कञ्चनजंगा ट्याक्सी ब्याबसायी संघ पाचथरले संकलन गरेको बिभिन्न राहत सामाग्री प्रदान गरिएको ईलाका प्रशासन कार्यालय आठराईका प्रमुख सफल पोर्तेलले जानकारी दिए।

संक्रान्ति बजारमा शुक्रबार  भएको आगलागीमा परी ३२ घर ध्वस्त हुँदा करोडौको धनमाल जलेर नस्ट भएको छ। आगलागीमा परी २७ वटा पसल जलेका छन्। पाँचथरको फिदिमबाट आएको दमकल, स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरी, नेपाली सेनाले ५ घण्टा पछि आगो नियन्त्रणमा लिएका थिए। आगलागीमा परी २९ घर जलेको र ३ वटा घर अन्यत्र आगो फैलिन नदिन डोजर लगाएर भत्काइएको प्रहरी नायब उपरीक्षक भागेन्द्रपुरुष ढकालले बताए। आगलागीमा परी ३२ घरका ५६ परिवार विस्थापित भएको प्रहरीले जनाएको छ।

 

 

प्रकाशित: २ पुस २०७३ १२:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App