७ वैशाख २०८१ शुक्रबार
अर्थ

गोरखकाली मेला सुरु

गोरखा- गोरखाको हरमटारीमा शुक्रबारदेखि दोस्रो गोरखकाली मेला २०७६ सुरु भएको छ। हरमटारी क्लबको आयोजनामा भएको मेलाको एक कार्यक्रमका बिच सांसद चुणामणि खड्काले उद्घाटन गरेका हुन्।

‘मेला महोत्सवले गोरखा सदरमुकाम आर्थिक प्रगति र विकासको केन्द्र बन्दै गएको छ’ सांसद खड्काले भने ‘सामाजिक र सिर्जनात्मक काममा युवाहरुको उत्साहलाई म दश कदम अघि बढेर सहयोग गर्छु।’ फरक प्रशंग जोड्दै उनले नेपाली भूमि भरतिय नक्सामा समेटिएको विषय प्रति आपत्ती जनाए।

‘हामी हाम्रो नेपाली भूमि फिर्ता गर्न पुर्खाले देखाएको बाटोमा लाग्नुपर्छ’ उनले भने ‘त्यसको नेतृत्व गोरखाले गर्ने अवस्था आउन सक्छ।’ मेला महोत्सवले व्यापार, व्यवशाय र जिल्लाको प्रचारप्रसार हुने हुँदा पर्यटक आउने क्रम बढ्ने उनले बताए।

मेलामा एक सय २० वटा स्टल रहेका छन्। स्टलमा भाँडाकुँडा, खाद्यान्न, खानाका स्टल, लत्ता कपडा रहेका छन्। अहिले जाडो मौसम भएकाले बाक्ला लुगा र सिरक, ब्ल्याङ्केट बिक्री स्टल धेरै रहेको छ। पहिलो दिन ती पसलहरुमा सर्वसाधारणको भिड लागेको थियो। मेला सुरु हुनु अघि जातिय भेषभुसा झल्कने झाँकी, र्‍यालीले गोरखा बजार परिक्रमणा पछि हरमटारी खेलमैदानमा मेला सुभारम्भ गरिएको क्लवका अध्यक्ष बिशाल गुरुङले बताए।

पहिलो दिन राष्ट्रिय कलाकार सागर गुरुङ, पुजा गुरुङ अनिस लामिछाने लगायतले गित गाएका थिए। मेलामा बाल उद्यानका सामग्रीसँगै घरेलु औजार र उत्पादनका बस्तु पनि बिक्रीका लागि राखिएको छ। १३ गतेसम्म चल्ने मेलामा प्रवेश टिकट ५० विद्यार्थीका लागि ३० रुपैयाँ रहेको आयोजक क्लवले जनाएको छ।

 

 

 

 

प्रकाशित: ४ पुस २०७६ १४:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App