८ वैशाख २०८१ शनिबार
खेल

रुस्लान सिमरा गोल्डकपको आठौं संस्करणमा १० टिम सहभागी हुने

प्रतियोगिताको बारेमा सिमरामा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकरी गराउँदै क्लबका अध्यक्ष कासिम मियाँ, सचिव शम्भु ठकुरी लगाएतका पदाधीकारीहरु। तस्बिरः उपेनद्र यादव

बारा– मोफसलकै चर्चित प्रतियोगिताको रुममा रहेको रुस्लान सिमरा गोल्डकपको आठौं संस्करणमा १० टिमको सहभागिता रहने बताइएको छ।

प्रतियोगितामा ‘ए’ डिभिजनका पाँच र मोफसलका पाँच गरी १० टिमको सहभागिता रहने आयोजक नव जन जागृति युवा क्लबले शनिबार सिमरामा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ।

सम्भावित टिमहरुमा ‘ए’ डिभिजनको लक्ष्मी हुण्डाई मनाङ मस्र्याङदी क्लब, विभागीय टिम नेपाल आर्मी क्लब, नेपाल एपिएफ क्लब, सिएमजी संकटा, सरस्वती युथ क्लबसहित साविकको बिजेता बिजय युथ क्लब, उपबिजेता रुपन्देही ११, सहारा क्लब पोखरा, वीरगन्ज युनाइटेड क्लब र आयोजक नव जागृति युवा क्लब रहेको पत्रकार सम्मेलनमा आयोजक क्लबका अध्यक्ष कासिम मियाँले जानकारी गराएका छन्।

‘अहिले सम्भावित टिमहरुको नाम मात्रै सार्वजनिक गरेका छौं,’ अध्यक्ष मियाँले पत्रकार सम्मेलनमा भने, ‘सम्भावित टिमहरुमा केही हेरफेर हुन सक्ने सम्भावनासमेत छ।’

माघ २० गतेदेखि २९ गतेसम्म सञ्चालन हुने आठौं संस्करणको बिजेता र उपबिजेतालाई सातौं संस्करणमा दिइएको पुरस्कार राशी नै पाउने क्लबका पदाधीकारीहरुले बताएका छन्।

आयोजकले यसवर्ष पनि प्रतियोगिताको विजेतालाई ५ लाख ५१ हजार र उपविजेताले दुई लाख ५० हजार प्राप्त गर्ने क्लबका सचिव शम्भुसिंह ठकुरीले पत्रकार सम्मेलनमा बताए। जुन राशी सातौं संस्करणको नै रहेको छ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई गत वर्षझै सुजुकी मोटरसाइकल प्रदान गरिने क्लबका सचिव ठकुरीले पत्रकार सम्मेलनमा बताए। प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्ड, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकले जनही १५ हजार प्राप्त गर्ने योजना रहेको उनले जानकरी गराएका छन्। खेलको म्यान अफ दि म्याचलाई आयोजकले यस वर्ष पाँच हजार नगदसहित ट्रफि दिने भएको छ।

क्लबका अध्यक्ष कासिम मियाँले पुरस्कार राशी वृद्धि गर्नुभन्दा पनि उत्कृष्ट खेलाडीलाई प्रोत्साहनस्वरुप नगद पुरस्कार उलपब्ध गराउने उदेश्य रहेको बताए। आयोजकले गतवर्ष जस्तै यस वर्ष पनि बिक्री भएको टिकटको पाँच प्रतिशत रकम वातावरण संरक्षणको लागि खर्च गरिने मियाँले बताए ।

आठौं संस्करणमा संचालन हुने प्रतियोगितामा ६८ लाख अनुमानित खर्च हुने आयोजनका पदाधिकारीहरुले बताएका छन्।
रुस्लान सिमरा गोल्डकप संचालन गर्ने नाममा क्लबका पदाधिकारीहरुले विभिन्न निकायबाट संकलन गर्ने रकमलाई पारदर्शी तरीकाबाट खर्चे नगर्ने गरेको आरोपहरु लाग्ने गरेको छ।

 

प्रकाशित: २ पुस २०७३ १२:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App