७ वैशाख २०८१ शुक्रबार
अर्थ

तानसेनबासीले सडकमै खाए, सडकमै रमाए (फोटो फिचर)

तानसेनबजारमा आयोजना गरिएको सडक खाना महोत्सव। तस्बिरः मुक्ति/नागरिक

पाल्पा– तानसेनबासीले सडकमै खाने, सडकमै गाउने र नाच्ने गरेर सडक खाना महोत्सव आयोजना गरेका छन्।

शुक्रबार तानसेनको विशाल बजारमा सडक खाना महोत्सवको आयोजना गरिएको थियो। जिल्ला भित्र तथा बाहिरका पर्यटकहरुले सडकमै नाचगान सहित खाजाका परिकार खाएर नेपाल भ्रमण वर्ष २०२० को स्वागतका लागि आतुर रहेको जनाएका हुन्। 

‘भिजीट नेपाल २०२०’ र लुम्बिनी भ्रमण वर्ष २०७६ लाई सफल बनाउन विशाल बजार टोल विकास समिति तानसेन नगरपालिका–४, पाल्पाले सडक खाना महोत्सव गरेको हो।

स्थानीय उत्पादन प्रवद्र्धन, लोप हुन लागेको संस्कृति तथा परिकारलाई प्रोत्साहन गर्न सडक खाना महोत्सव आयोजना गरिएको संस्थाकी अध्यक्ष विन्दु थापाले बताईन। 

पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले नेपाल भ्रमण वर्षमा जिल्लाका खानाका परिकारहरुलाई ब्राण्डिङ गर्न खोजिएको बताए। 

 

 

 

 

 

 

प्रकाशित: ४ पुस २०७६ १२:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App