coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

लोकसेवा पास गर्नेको क्षमता मात्रै बिशिष्ट हुँदैन : मन्त्री जम्कट्टेल

काठमाडौ-  प्रदेश ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले लोकसेवा पास गर्नेको क्षमता मात्रै बिशिष्ट हुने होइन, अरुको पनि बिशिष्ट क्षमता हुने बताएका छन्।

कर्मचारी प्रशासनले सरकारलाई असफल बनाउने गरी ढिलासुस्ती गर्ने गरेको समेत उनले आरोप लगाए। मन्त्री र जनप्रतिनिधिले चाहँदा चाहँदै पनि काम गर्न नसक्ने अवस्था देखिएको उनले बताए।

सञ्चार रजिष्ट्रारको कार्यालय प्रदेश ३ ले शुक्रबार काठमाडौमा आयोजना गरेको अनलाइन पत्रकारिता अवस्था,संभावना र चुनौती बिषयक गोष्ठीमा मन्त्री जम्कट्टेलले आर्थिक र प्रशासनिक अधिकारसहित पत्रकारलाई संञ्चार रजिष्ट्रार नियुक्त गर्नेसहितको प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन कार्यान्वयनका क्रममा अहिले प्रदेश ३ को सञ्चार क्षेत्रमा प्रगति देखिएको बताए।

प्रदेश सञ्चारमाध्यम सम्बन्धी ऐनमा समस्या देखिएमा संशोधनको प्रक्रियाबाट अगाडि बढाउन सकिने धारणा पनि मन्त्री जम्कट्टेलले व्यक्त गरे।

कार्यक्रममा प्रदेशसभामा नेकपाका संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुयालले कानूनमा भएका त्रुटी सच्याउने आश्वसन दिदै प्रदेशको स्थायी राजधानी एक महिना भित्र टुंगो लगाउने बताए।

प्रदेशसभाका प्रदेश मामिला समितिका सभापति माधव पौडेल, सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले बोलेका थिए। कार्यक्रममा पत्रकार प्रवेश सुवेदी र उमेश श्रेष्ठले अनलाइन पत्रकारिताको अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यपत्र माथि नेपाल पत्रकार महासंघको पूर्व सभापति बिष्णु निष्ठुरी, प्रेस काउन्सिका पूर्व सदस्य सुदर्शन आचार्य, सामाजिक विकास मन्त्रालयका असिम घिसिङ, नेपाल पत्रकार महासंघ उपत्यका समितिका अध्यक्ष नारायण दाहाल, नेपाल पत्रकार महासंघ काठमाडौका अध्यक्ष शान्तराम विडारी, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, अनलाइन पत्रकार संघका अध्यक्ष शिव सत्याल, पत्रकार राजकुमार रेग्मी, दीपक आचार्य र बालकुमार नेपालले अनलाइन पत्रकारिताको अवस्था, संभावना र चुनौतीका बारेमा सुझाव दिएका थिए।

प्रकाशित: ४ पुस २०७६ १२:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App