coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सभामुख चयनको प्रक्रिया पुस ११ गतेबाट सुरु हुने

फाइल फोटो

काठमाडौं– प्रतिनिधिसभामा सभामुख चयनको प्रक्रिया आगामी पुस ११ गतेबाट सुरु हुने भएको छ।

शुक्रबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सं‌सदको अर्को बैठक पुस ११ गते दिउँसो १ बजे बस्ने तय गरेको हो।  सोही बैठकले सभामुख चयनको प्रक्रिया अघि बढाउने छ। 

संसदको हिउँदे अधिवेशन आज अपरान्ह ४ बजे आव्हृान भएको छ। आज शुक्रबारबाट सुरु हुने संसद एक साता स्थगित गरिने छ। उपसभामुख तुम्बाहाम्फेले संसदको हिउँदे अधिवेशनको पहिलो बैठक सञ्चालन गर्ने छिन। 

बलत्कारको आरोप लागेपछि असोज १४ मा तत्कालिन सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका थिए।

प्रकाशित: ४ पुस २०७६ ०९:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App