८ वैशाख २०८१ शनिबार
समाज

स्थानीय तहको बेथिति, आफ्नो तलब आफै बढाउँदै

दमक नगरपालिकाको बोर्ड बैठको निर्णय। नगर प्रमुख रोमनाथ ओली नभएको समयमा निर्णय गराएर तलब बढाइएको हो।

दमक- दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सीनाले कार्यपालिका बैठकबाट निर्णय गराएर गैैह्र कानुनी रुपमा तलब बढाएका छन्। उनी पहिलो श्रेणीका उपसचिव हुन्।

उनी अधिकृत स्तर नवौ तह (पहिलो श्रेणीका उपसचिव) का कर्मचारी हुन्। दितीय श्रेणीको उपसचिव दरबन्दी रहने दमकमा शिक्षा शाखाको प्रमुख दिनेश न्यौपाने भने दशौ तहका अधिकृत हुन्। ४८ औ कार्यपालिका बैठकबाट प्रमुख नभएको मौकामा उनले तलब बढाउने निर्णय लिएका हुन्। निजामति सेवा ऐन बिपरित कर्मचारीको तलब बढाइएको हो। न्यौपाने तिम्सीना भन्दा उपल्लो तहका कर्मचारी हुन्।

स्थानीय तहमा लामो समय काम गरेका उपसचिव खेम ओझाका अनुसार स्थानीय तहको नगर सभाबाट भत्ताका रुपमा लिन, दिने गरिएको सुनिएपनि तलबै बढाउनु गैह्र कानुनी भएको बताए। कामको खटाइ हेरेर कार्यपालिकाले भत्ता दिने गरिएको भेटिएको छ, उनले भने, तर कानुननै मिचेर माथिल्लो तहको तलब भने लिन मिल्दैन।

असोज ४ गते शनिबारको बैठकबाट प्रमुख रोमनाथ ओली नभएको समयमा उपप्रमुख गिताकुमारी पौडेल (अधिकारी)लाई प्रभावमा पारेर निर्णय गराएका तिम्सीना धरानमासमेत कार्यकारी अधिकृत भइसकेका व्यक्ति हुन्।

कार्यालयमै कायम रहेका शिक्षा शाखाका प्रमुख न्यौपाने समान तलब उनले बुझ्छन्। नगरपालिकाकाकै एक कर्मचारीका अनुसार संघीय सरकारले उनलाई अधिकृत स्तर नवौको मात्रै तलब खुवाउछ। बाकीँ तलब भने उनले नगरपालिकाकै स्रोतबाट खाने गरेका हुन्। कार्यापालिकाका सदस्यहरुलाई समेत थाहा नदिइ उनले निर्णय गरेका हुन्, एक जना कार्यपालिका सदस्यले भने, 'उपप्रमुख पनि पछी छक्क पर्नुभयो।' 

कार्यपालिका सदस्यकै अनुसार उपसचिव न्यौपानेको शिक्षा शाखाका प्रमुख भएपनि तहगत रुपमा उनी उपल्लो स्तरका कर्मचारी हुन्। आफू भन्दा तल बस्ने कर्मचारीको भन्दा आफ्नो तलब कम भएपछी तिम्सीनाले तलब बढाएका हुन्, उनले भने, त्यसमा कार्यापालिका सदस्यलाई समेत विवादमा ल्याउने काम भयो। उनले साउन १ गतेदेखि नै लागू हुने गरि तलब बढाएका हुन्।

प्रमुख प्रशासकीय अधिकृत कार्यापालिकाको सदस्य सचिव रहन्छन्। न्यौपानेले मासिक ४७ हजार ३ सय ८० रुपैयाँ बुझ्छन् भने सरकारी तलब अनुसार तिम्सीनाको तलब ४० हजार तीन सय ३० रुपैयाँ मात्रै हुन्छ। तर तिम्सीनाले भने कार्यापालिकाबाट निर्णय गराएर ७ हजार ५० रुपैयाँ थप तलब बुझ्ने गरेका हुन्।  

तिम्सीनाका लागि दमक नगरपालिकाले सुविधासम्पन्न क्वार्टर बनाएको छ। तर उनी दिनहुँ विराटनगर धाउछन्। नगरपालिकाको गाडीमा मासिक ४ सय लिटर तेल त उनले मात्रै हाल्ने गरेका छन्। उनको घर विराटनगरमा छ। दमकमा सम्पन्न हुँदै गरेका विकास योजनाको अनुगमन निरीक्षणका लागि उनले काम नगरेको आरोप लाग्ने गरेको छ। दमकमा बुद्ध मूर्ति निर्माणका लागि काम अघि बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएपनि प्राविधिक काम भने उनले अगाडी बढाउन सकेका छैनन्।  

 

 

प्रकाशित: ४ पुस २०७६ ०७:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App