७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

मृत्युदण्ड अघि मुशर्रफको मृत्यु भए तीन दिन चोकमा शव झुण्डाउनु : अदालत

काठमाडौं- पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई देशद्रोहको एक मुद्दामा दोषी ठहर गर्दै अदालतले गरेको मृत्युदण्डको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ।

पूर्णपाठमा मुशर्रफको मृत्यु फासिको सजायँ भन्दा पहिल्यै भए उनको शवलाई इस्लामावादको डी चोकमा तीन दिनसम्म झुण्ड्याउन भनिएको छ।

'हामीले अभियुक्तलाई अपराधमा दोषी पाएका छौं। यसैले उनलाई अन्तिम स्वाससम्म फाँसीमा झुण्डाउनु,' फैसलामा भनिएको छ।

विशेष अदालतको जुन बेन्चमा परवेज मुशर्रफको विरुद्धमा फैसला सुनाइएको थियो त्यसको नेतृत्व पेशावर उच्च अदालतका मूख्य न्यायाधीश वकार अहमद सेठले गरेका थिए। यस बेन्चमा उनका साथ सिन्ध उच्च अदालतका न्यायाधीश नजर अकबर र लाहोर उच्च अदालतका न्यायाधीश शाहिद करिम रहेका थिए।

यो फैसलामा न्यायाधीश सेठ र करिमले मुशर्रफको दोषि देखाउँदै गर्दा अर्का न्यायाधीश अकबरले फरक धारणा राखेका थिए। ७६ वर्षिय मुशर्रफ अहिले दुवईमा उपचार गराइरहेका छन्। उनले राजनीतिक पूर्वाग्रहका कारण यस्तो फैसला गरिएको बताउँदै आएका छन्।

 

 

प्रकाशित: ४ पुस २०७६ ०७:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App