coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अभिभावक अगाडि राखेर किशोरीले भने,‘बालबिवाह गर्दैनौं’

सन्तोष सिंह

सर्लाही- सेखौना–३ की १४ वर्षीया रुवीकुमारी पासवान आमा गीतादेवी संगै प्रमुख जिल्ला अधिकारी प्रदिपराज कंडेल समक्ष आएर २० वर्ष पछि मात्र विवाह गर्ने प्रतिबद्धता जनाएपछि उपस्थित सर्वसधारणले थपडी बजाएर स्वागत गरे। गाविस कार्यालयमा आयोजित सेखौना गाविसलाई बालविवाह मुक्त गाविस घोषणाको पूर्व तयारी कार्यक्रममा रुवीले गरेको अठोट जस्तै उपस्ति अभिभावक र किशोर किशोरी गरे।

कार्यक्रममा कक्षा ८ मा अध्ययनरत सेखौना–७ की १४ वर्षीय सपना कुमारी पासवानले गाउँमा बालबिबाह भए सबै किशोरी मिलेर प्रतिकार गर्नु पर्ने बताइन्। बालबिवाह मुक्त गाविस घोषणाको पूर्व तयारी कार्यक्रममा १४ वर्षीया छोरी सरस्वती कुमारीसैगै सहभागि सेखौना–७ का ६० वर्षीय जगदिश महतोले बालबिवाहले जीवन ध्वस्त भएको बताए। दुई छोरी र एक छोराको बिवाह २० वर्ष पछि मात्रै गर्ने मजदुरी गरी घर परिवार चलाउँदै आएका महतोले भने,‘बालबिवाहले शरिर, परिवार र भविष्य खराब हुन्छ। त्यसैले म छोरा छोरीको विवाह २० वर्ष पछि मात्रै गरिदिन्छु।’

समाजमा विवाह गराउने पुरोहितहरुले शनिबार सामूहिक रुपमा स्वतीक बाचन गरेर सेखौना गाविसलाई बालविवाह मुक्त बनाउन प्रतिबद्धता जनाए । कम उमेरका बालिकालाई बिवाह गराउने पुरोहितलाई १ वर्ष कैद र जरिवनाको प्रवाधान रहेको स्वस्तीक बाचन पछि प्रतिबद्धता जनाउँदै ६० वर्षीया पुरोहित कासिकान्त मिश्रले बताए।

प्रमुख जिल्ला अधिकारी प्रदिपराज कंडेलले कानुन विपरित बालबिवाह गराउने आमा, वुवा र पुरोहितलाई बारबाही हुने स्पष्ट पारे। बालबिवाह रोक्न सबै एक जुट हुन आग्रह गर्दै, प्रजिअ कंडेलले भने,‘बालबिवाह गराउने आमा बुवा र सहयोग गर्ने समाजलाई समेत कारबाही हुन्छ। सबै जना सचेत हुनुस।’

 

प्रकाशित: २ पुस २०७३ ०९:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App