८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

भारतीय गृहमन्त्री भन्छन् : भारतमा अशान्ति चाहनेहरु नेपाली सीमा प्रयोग गरिरहेका छन्

नयाँ दिल्ली- भारतका गृहमन्त्री अमित शाहले भारतमा अशान्ति चाहने तत्वहरुले खुला सीमाको प्रयोग गरिरहेको बताएका छन्। खासगरी नेपाली खुला सीमाको त्यस्ता तत्वहरुले प्रयोग गरेको उनले बताएका छन्।

भारतमा अशान्ति देख्न चाहनेहरु नेपाली सीमाको प्रयोग गरेर घुसपैठ गरिरहेको शाहले बताए।

हिन्दुस्तान टाइम्समा प्रकाशित समाचार अनुसार अमित शाहले सशस्त्र सीमा बलको ५६ औं स्थापना दिवसमा बोल्दै गएको एक वर्षमा ५४ 'घुसपैठिया' सहित दुई पाकिस्तानीलाई सीमामा पक्राउ गरिएको बताएका छन्। ति घुसपैठिया पाकिस्तानी समेत गरेर २४ देशका छन्।

सशस्त्र सीमा बल (एसएसबी) नेपाल र भूटानको १ हजार ७ सय ५१ किलोमिटर लामो सीमाको सुरक्षामा रहेको छ। शाहले नेपाल र भूटानसँगको सम्वन्ध मैत्रीपूर्ण रहेको बताएका छन्। उनले सुरक्षाबललाई यी देशका नागरिकसँग सम्मानपूर्ण व्यवहार गर्न समेत भनेका छन्।

 

प्रकाशित: ४ पुस २०७६ ०६:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App