coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सरकार निषेधको राजनीति गर्‍यो: डा. महत

काठमाडौं - नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले वर्तमान सरकारले निषेधको राजनीति गरेर जनतालाई दुःख दिएको आरोप लगाएका छन्। सरकारले जनतालाई विचारको आधारमा सताउने गरेको भन्दै यस्तो कार्यले लोकतन्त्रलाई आलोचित बनाएको उनको आरोप छ। साथै उनले सरकारलाई सच्चिन समेत आग्रह गरे।

काठमाडौंको टोखामा नेपाली काँग्रेस क्षेत्र नम्बर ६ ले आयोजना गरेको कार्यक्रममा बोल्दै महतले नेपालमा लोकतान्त्रिक विचारको रक्षा गर्न सबै लाग्नुपर्ने बेला आएको पनि जिकिर गरे। सरकार लोकतन्त्रलाई समाप्त पार्न अग्रसर भएको भन्दै सरकारलाई लोकतान्त्रिक पद्धतिका खिलाप गए त्यो भारी हुने पनि चेतावनी दिए।

प्रकाशित: ४ पुस २०७६ ०६:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App