coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

चिसोले बिरामी बढे

काठमाडौं - चिसो बढेपछि अस्पतालमा रुगाखोकी र निमोनियाका बिरामी हवात्तै बढेको अस्पतालहरुले जनाएका छन्। चिसोको कारण दमका बिरामी, बालबालिका र दीर्घरोगी बढी प्रभावित बनेको चिकित्सकको भनाइ छ। रुगाखोकी, निमोनिया, दमका साथै बालबालिकामा निमोनिया, रोटाभाइरसलगायतका रोग बढीरहेको चिकित्सकले बताएका छन्। दैनिक उपचारमा आउने बिरामीमध्ये ६० प्रतिशतमा यस्ता समस्याका बिरामी हुने गरेको बताइएको छ।

हेल्पिङ ह्याण्ड अस्पतालका निर्देशक डा.मुक्तबहादुर श्रेष्ठका अनुसार जाडो मौसममा दैनिक चार सयदेखि चार सय ५० जना बिरामी आउने गरेका छन्। उपचारको लागि अस्पताल आउने बिरामीमध्ये ५० प्रतिशत चिसोको कारण रोगी भएको उनले बताए। दम र निमोनियाका मात्रै ३० जना बिरामी भर्ना भएका छन्। त्यसैगरी जाडो बढेसँगै अस्पतालमा रुगाखोकी र ज्वरोका बिरामी उपचारमा पुग्ने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ।

दैनिक एक दर्जनभन्दा यस्ता बिरामी उपचारमा आउने गरेको अस्पतालका अनुसन्धान विभागका संयोजक डा.शेरबहादुर पुनले बताए। यस्ता बिरामी धेरै जसो निजी क्लिनिक र मेडिकलमा उपचार गर्ने कारण सबै अस्पतालमा नपुगेको उनको भनाइ छ। ‘रुगाखोकीको सुरुमा सकेसम्म सामान्य औषधी आफैँ किनेर खाने प्रचलन देखिन्छ, त्यो कारण पनि सबै अस्पताल पुग्दैनन्’ उनले भने।

चिसोको कारण सबैभन्दा बढी एक वर्ष मुनिका बालबालिका प्रभावित भएको कान्तिबाल अस्पतालले जनाएको छ। अस्पतालका अनुसार चिसोको कारण एक वर्ष मुनिका बालबालिकामा रोटाभाइरल इन्फेक्सन (झालापखाला) र निमोननियाको संक्रमण बढी देखिएको छ। अस्पतालका निर्देशक डा.आरपी बिच्छाका अनुसार अस्पतालको बहिरंग विभागमा रोटाभाइरल संक्रमणका बिरामी दैनिक करिब ३५ देखि ४० जना आइरहेका छन्। ती मध्ये १० जना दैनिक १० जना भर्ना गर्ने अवस्थाका छन्। रोटाइभारल झालापखालाको संक्रमणले बालबालिकाको अस्पताल बसाइँ बढाइरहेको डा.बिच्छाले बताए।

चिसोमा बढी सकृय हुने रोटाभाइरसले रोटाभाइरल झाडापखाला र आरएसभी भाइरसले निमोनिया हुने गरेकोछ। यी दुवै संक्रमण चिसोबाट बच्न नसकेका बालबालिकाहरूमा बढी देखिएको बिच्छाले बताए। ‘शिशुलाई न्यानो राख्न नसकेमा यी भाइरसले आक्रमण गर्ने हो’ डा.बिच्छाले भने। चिसोमा यसको संक्रमण थप बढ्ने सम्भावना रहेकाले सकेसम्म बालबालिकालाई न्यानो राख्नुपर्ने डा. बिच्छाले सुझाव छ।

प्रकाशित: ४ पुस २०७६ ०४:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App