७ वैशाख २०८१ शुक्रबार
समाज

ताप्लेजुङमा दुई युवा मृत भेटिए

फाइल तस्बिर

ताप्लेजुङ - ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नम्बर ६ लेलेपको लामाखर्क फदी छेउमा दुई जना युवा मृत भेटिएका छन्। मृत भेटिनेमा फक्ताङलुङ गाउँपालिका वडा  नम्बर ५ बस्ने टीकाराम राईको छोरा १८ वर्षीय दिपेश राई र खोटाङ ऐसेलुखर्क २ घर भई ज्यामी काम गर्न ताप्लेजुङ आएका २२ वर्षीय सुजन राई रहेका छन्। मालिङ्गो काट्न भनेर हिडेका उनीहरु लामो समयदेखि बेपत्ता थिए।

उनीहरुको खोजतलास गर्ने क्रममा शव फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए। घटनाको जानकारी पाउने बितिकै प्रहरी टोली घटनास्थलतर्फ गएको तर निकै दुर्गम क्षेत्रमा घटना भएकोले शव निकाल्न अहिलेसम्म नसकिएको उनले बताए।

प्रकाशित: ४ पुस २०७६ ०४:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App