८ वैशाख २०८१ शनिबार
कला

कलाकारले भने– ‘ताप्लेजुङप्रति कुनै पूर्वाग्रह छैन’

आयोजकबाट सम्माजनक व्यवहार हन नसकेको दुुखेसो पोख्ने कलाकारको टोली गएको आइतबार ताप्लेजुङ स्थित होटल जरामा (दाँयाबाट क्रमशः नायिका अनु शाह, गायक हिमाल सागर र दिनेश भारती)। तस्बिरः खगेन्द्र अधिकारी

ताप्लेजुङ– ताप्लेजुङमा गएको शनिवार आयोजित कार्यक्रममा आयोजकबाट सम्माजनक व्यवहार नभएको बताउने कलाकारले ताप्लेजुङ र यहाँका बासिन्दा प्रति कुनै पुर्वाग्रह नरहेको प्रष्ट्याएका छन्। उनीहरुले कलाकारिता क्षेत्रलाई सम्मान गर्नुपर्ने भन्दै आफुहरु पनि नेपालका सबै समुदायसँग हातेमालो गर्न तयार रहेको समेत बताए।

ताप्लेजुङमा आयोजित कार्यक्रममा आयोजकले शर्त अनुसार रकम नदिँदा बेखर्ची भएर एकदिन कामै बेगर बस्नुु परेको दुखेसो पोखेको कलाकारको टोलीसँग ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंले राजधानीमा शनिबार आयोजना गरेको अन्तरक्रियामा कलाकारले यस्तो बताएका हुन्। अघिल्लो शनिबार ताप्लेजुङको फुङलिङमा आयोजित एक सांस्कृतिक कार्यक्रममा सहभागिता जनाउन आएका गायक हिमालसागर, गायिका सत्यकला राईसहितका कलाकारलाई भेट्दै ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंले अन्तर संवाद कार्यक्रम गरेको थियो।

अन्तरसंवाद कार्यक्रममा सहभागिता जनाउन पुुगेका कलाकारद्वय हिमालसागर र सत्यकलाले आयोजकबाट सम्माजनक व्यवहार हुन नसकेको भए पनि ताप्लेजुङप्रति कुनै पुर्वाग्रह नराखेको बताएका थिए। अन्तरसंवादपछि प्रतिक्रिया दिँदै गायक हिमालसागरले ताप्लेजुङका बासिन्दाको आथित्यताका लागि जहिल्यै आफूहरु तयार रहेको बताए। उनले कलाकारको व्यस्तता प्रति आयोजक उदासिन बनिदिँदा समस्या खेप्नु परेको स्मरण गर्दै यस्ता कमजोरी दोहोरिन नहुने टीप्पणी गरेका छन्।

ताप्लेजुङमा आयोजित कार्यक्रममा कलाकारप्रति सम्मानजनक व्यवहारमा समस्या देखा परेको जानकारी पाएको भन्दै ताप्लेजुङ सरोकार केन्द्रले सहभागी कलाकारसंग छलफल गरेको हो।  

ताप्लेजुङको गौरव र प्रतिष्ठामा समस्या आउन नदिन आफूहरुले कलाकारसँग अन्तरसंवाद गरेको ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंका उपाध्यक्ष रमेश बरालले जानकारी दिए। ताप्लेजुङ सरोकार केन्द्र ताप्लेजुङ जन्मथलो भई पेशा व्यवसायको सिलसिलामा राजधानीमा रहेकाहरुको छाता संस्था हो ।

छलफलको संयोजन गरेका कलाकार मनोज गजुरेलले ताप्लेजुुङमा आयोजित कार्यक्रममा कलाकारप्रति हुनुुपर्ने सम्माजनक व्यवहारमा देखिएको समस्याप्रति आफूलाई पनि दुःख लागेको बताए। टेलिफोन सम्पर्कमा उनले सहभागी कलाकारहरुले पनि आफुूरु पूर्वाग्रही नरहेको प्रतिक्रिया दिदाँ जिल्लावासीका तर्फबाट आफू हौसिएको टीप्पणी गरे।

गायक सुुसन साम्सोहाङले कलाकारहरुलाई गरिने सम्माजनक व्यवहार नै असल परिचय हुने बताए। गएको शनिबार यहाँ आयोजित कार्यक्रममा सहभागी हिमालसागर, सत्यकला राई, नायिका अनुु शाह र गायक दिनेश भारतीले आफूहरुलाई आयोजकबाट सम्माजनक व्यवहार नभएको भन्दै दुखेसो पोखेका थिए। उनीहरुले आयोजकबाट शर्त अनुसारको रकम नपाउँदा समस्या खेप्नुु परेको बताएका थिए।

पछि उनीहरुलाई आयोजकले केही रकम खोजेर दिलाएको थियो। कार्यक्रम संयोजक बद्री लामगादेले आयोजकको योजना अनुसार रकम नउठ्दा समस्या भए पनि पछि रकमको व्यवस्थापन गरेको भन्दै केही समय ढिला हुन पुुगेकोमा दुःख व्यक्त गरे।

माता पाथीभरा फिल्मस् प्रालिको व्यानरबाट आयोजित कार्यक्रम बारे राखिएको जिज्ञासामा कलाकार मित्र लिङदेनले अथिति कलाकारलाई अपमान गर्ने कुनै उदेश्य नरहेको प्रतिक्रिया दिए। उनले अथिति कलाकारलाई कार्यक्रम संयोजन टीमबाट बिदा गर्न केही ढिला भएको तर यसको बहानामा आफूलाई प्रहरीले निगारानी गर्नु निन्दनीय भएको बताए। रकम नपाएको कलाकारको गुनासोपछि प्रहरीले लिङदेनलाई केही समय नियन्त्रणमा लिएर छाडेको थियो।

 

प्रकाशित: २ पुस २०७३ ०८:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App