८ वैशाख २०८१ शनिबार
राजनीति

संशोधन प्रस्ताव फिर्ता हुँदैनः मन्त्री पाण्डे

बिरा गडाल
बैतडी–संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले सदनमा पेश गरिएको संविधान संशोधन प्रस्ताव फिर्ता नहुने बताएका छन्। बालमैत्री गाविस घोषणाकालागि बैतडी पुगेका पाण्डेले प्रेस सेन्टरले आयोजना गरेको पत्रकार भेटघाटमा संशोधन प्रस्ताव फिर्ता नहुने बताएका हुन्।

संशोधन प्रस्ताव फिर्ता लिएर होइन राजनैतिक दलसँग सहमति गरेर लचकतासाथ सरकार जान तयार रहेको उनको भनाइ थियो। ‘असहमति तथा नमिलेका विषय मिलाउन सकिन्छ सबैलाई सहभागी गराएर सरकार अघि बढन चाहन्छ’, मन्त्री पाण्डेले भने। अहिले सरकार संविधान कार्यान्वयन र  स्थानीय तहको निर्वाचन केन्द्रित भएको उल्लेख गर्दै मन्त्री पाण्डेले स्थानीय तह लामो समयदेखि जनप्रतिनिधि विहीन अवस्थामा भएर देश निर्माणका काममा असहजता पैदा भएको उनको भनाइ थियो।

स्थानीय तहको निर्वाचन नयाँ संरचनाको आधारमा गर्ने सरकारले तयारी गरेको मन्त्री पाण्डेले दाबी गरे। स्थानीय तह पुनःसंरचना भएपछि पुरानै संरचना गाविसको चुनाव गर्नुपर्ने आवश्यकता उनले जनाए।
उनले भने, ‘स्थानीय तह निर्वाचनका लागि राजनैतिक दलबीच बहस चलिरहेको छ। राजनीतिक तहमा छलफल चलिरहेकोले चाँडै निचोड निस्कने छ।’ सरकारले संविधान कार्यान्वयन, पुनःनिर्माण, शान्ति प्रकृया, द्वन्द्व पीडितका समस्या, मधेस आन्दोलनलगायतका आन्दोलन टुंग्याएर आर्थिक विकास मार्फत सेवा प्रवाह, शुसासन, अपारदर्शीता, भष्टाचार निर्मुल गर्न मुख्य प्राथमिकतामा राखेर कामगर्दै आएको उनले दाबी गरे।
 

प्रकाशित: २ पुस २०७३ ०८:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App