coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

नागरिकता कानुन संशोधनबारे विभाजित बलिउड

मुम्बई – नागरिकता संशोधन कानुनलाई लिएर भारतमा विरोध प्रदर्शन भइरहँदा बलिउडका कलाकारहरु विभाजित भइरहेका छन्। निर्देशक तथा अभिनेता फरहान अख्तरले सामाजिक सञ्जालमा नागरिकता संशोधन कानुनविरुद्ध ट्वीट लेख्दा आलोचना खेप्नु परेको छ। ‘अब सामाजिक सञ्जालमा मात्र बोल्ने बेला सकियो। हामी सडकमा आउनुपर्छ। मुम्बईको क्रान्ति मैदानमा भेला होऔं ,’ उनले ट्वीट गरेका थिए। सो ट्वीटमा प्रयोग भएको कश्मिरविनाको भारतको फोटोका कारण उनले विवाद झेलिरहेका छन्। उनले अर्को ट्वीटमार्फत माफी मागेपनि उनीविरुद्ध सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ। उनलाई राष्ट्रद्रोही, जिहादी र आइएसआइ एजेन्ट भनेर विरोध गरिएको छ।

अभिनेत्री कंगना रनावतले एक अन्तर्वार्तामा भनेकी छन्, ‘यस विषयमा बोल्न आँट नगर्ने बलिउड कलाकारहरु कायर हुन्। देशमा यस्तो भइसक्दापनि आम मानिसका लागि बोल्न नसक्ने कलाकारहरुलाई लाज लाग्नुपर्ने हो। अर्की अभिनेत्री स्वारा भास्करले हिंसा गरेर शान्तिको पाठ नसिकाउन नेताहरुलाई आग्रह गरेकी छिन्। जामिया मिलिया इस्लामिया विश्वविद्यालयमा कानुनको विरोधमा उत्रिएका विद्यार्थीमाथि प्रहरीले आक्रमण ग‍रेपछि अभिनेत्री प्रियंका चोपडा, अजय देवगन र वरुण धवनजस्ता कलाकारहरु सामाजिक सञ्जालमा आ–आफ्नो तर्क राखेका थिए।

सामाजिक सञ्जालमा अभिनेता शाहरुख खान, आमिर खान र सलमान खानजस्ता सुपरस्टार यस विषयमा नबोलेपनि आक्रोशित भएका छन्। बंगलादेश, अफगानिस्तान र पाकिस्तानबाट शरणार्थीका रुपमा भारत आएका हिन्दु लगायतका धर्मावलम्बीलाई नागरिकता दिने गरी गरिएको संशोधनमा मुस्लिम समुदायलाई वञ्चित गरिएको छ।

नागरिकता संशोधन कानुनको विरोध गर्दा कलाकार सुशान्त सिंहले ‘सावधान इन्डिया’ नामक टेलिभिजन शोबाट निकालिएको दाबी गरेका थिए। ‘म प्रतिभा बेच्छु। आफ्नो विवेक होइन। जब मेरा बालबच्चाले ठूलो भएपछि विद्यार्थीलाई प्रताडित गर्दा तब म के गरिरहेको थिएँ भनेर सोधे मसँग जवाफ हुनुपर्छ,’ उनले भने। यो मेरो कदमको नतिजा हो भने यो निकै सानो मूल्य हो। जुन मैले चुकाउनु पर्यो। त्यसमा मलाई कुनै पछुतो छैन।’

प्रकाशित: ४ पुस २०७६ ०२:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App