८ वैशाख २०८१ शनिबार
कला

नाटकमा बेरोजगार युवाको कथा

काठमाडौं - बेरोजगार युवाको कथामा आधारित नाटक मञ्चन भएको छ।। राजधानीको अनामनगरस्थित मण्डला थिएटर गत मंसिर २४ देखि दीपेन्द्र शाहीद्वारा निर्देशित ‘झोला हराएको मान्छे’ मञ्चन भइरहेको छ। नेपाली युवाको अवस्थालाई चित्रण गरेर तयार भएको नाटकका पात्र रुद्रप्रसाद पोखरेल ऋण गरेर श्रम गर्न कतार प्रस्थान गर्न राजधानी आइपुग्छन्। राजधानी आएलगत्तै उनको झोला हराएसँगै नाटकको कथा अघि बढ्छ। उनले भेटेका सबैको आ–आफ्नो कथा वाचन गर्छन्। तर, सहयोग गर्न अघि सर्दैनन्। नेपाली समाजको कथावस्तु समावेश नाटकमा पात्रको पीडा दर्साइएको छ।

‘नाटकले नेपालमा रहेको बेरोजगारीको स्थितिलाई देखाएको छ। विदेश जान लागिपरेको युवा झोला हराएपछिको मनोदशामा नाटक रुमल्लिएको छ। एउटा युवाको जीवन झोला खोज्ने संघर्षको वरिपरि नाटक घुमेको छ,’ निर्देशक शाहीले भने। नाटकमा सुनिशा बजगाईं, स्लिम जीवन, नविनचन्द्र अर्याल, अरुणसिंह पौडेल, विशाल श्री, चन्द्र नेपाली र मणिराज पौडेलले अभिनय गरेका छन्।

प्रकाशित: ४ पुस २०७६ ०२:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App