coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

गोलरहित बराबरी

बार्सिलोना – क्याटालान स्वतन्त्रताका लागि विरोध प्रदर्शन भए पनि बिहीबार बार्सिलोना र रियाल मड्रिडबीचको खेल सम्पन्न भयो। स्पेनिस ला लिगामा निकै चर्चित हुने एल क्लासिको खेल यसअघि अक्टोबरमा तय भए पनि बिहीबार मात्र सम्पन्न भयो।

बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भ्रमणकारी टोली रियाल मड्रिडसँग गोलरहित बराबरी खेल्दा बार्सिलोनाको शीर्ष स्थान कायम नै रहेको छ। रियाल मड्रिड दोस्रो स्थानमा रह्यो। स्वतन्त्रताको विरोध भइरहेको स्थानमा केही आन्दोलनकारीहरूले झन्डा फहराउँदै विरोध गरेका थिए भने मैदान क्याम्प नोउमा खेलदौरानमा दर्जन पहेंला बिच बल फ्याँकिएका थिए। यद्यपि कुनै अप्रिय घटना भने भएन। मैदानबाहिर सामान्य प्रदर्शन भएको थियो। उक्त प्रदर्शनमा एक दर्जन सर्वसाधारण घाइते भए। मास्क लगाएका प्रदर्शनकारीले विरोध गर्दा भीड नियन्त्रण गर्न सुरक्षाकर्मीले सामान्य बल प्रयोग गरेका थिए।

निकै अर्थका साथ हेरिएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडे। गोलरहित बराबरीको खेलेपछि बार्सिलोना ला लिगाको तालिकामा शीर्ष स्थानमा यथावत् छ। समान १७ खेल खेलेका दुवै टोलीको समान ३६ नै अंक छ। गोलअन्तरका आधारमा मात्र बार्सिलोना शीर्ष स्थानमा अटाउन सफल भएको हो।

दुवै टोलीले पाएका राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा नतिजा गोलरहित बराबरीमा सकिएको हो। यससँगै चिर प्रतिद्वन्द्वी बार्सिलोना र रियालले अहिलेसम्म भएका भिडन्तमा समान ७२ पटक जित निकालेका छन्। जेरार्ड पिके र सर्जियो रामोसले पहिलो हाफमा क्रमशः बार्सिलोना र रियालका लागि राम्रा अवसर पाए पनि सदुपयोग गर्न सकेनन्। पिकेले स्ट्राइकर लियोनल मेसीले उपलब्ध गराएको आकर्षक अवसरलाई सदुपयोग गर्न असफल भए।

बिहीबारको खेल ५३ दिन अगाडिका लागि तय भए पनि सुनामीका कारण सरेको थियो। क्याटलान स्वतन्त्रताको दिन तय भएको खेलमा तनाव हुने अपेक्षा गरिए पनि केही अप्रिय घटना हुन पाएन। ५५औं मिनेटमा मैदानमा फ्याँकिएका पहेंला बिच बल संकलनका लागि एक मिनेट खेल रोकिएको थियो। अप्रिय घटनाबिना सम्पन्न भएको खेल हुनुभन्दा चार घन्टा पहिला मास्क लगाएका प्रदर्शनकारीबाट विरोध भएको थियो।

उनीहरुले निलो ब्यानरसहित प्रदर्शन गरेका थिए। खेलमा सहभागिताका लागि दुवै टोली एउटै होटलबाट उच्च सुरक्षाका साथ मैदान पुगेका थिए। रामोसले बार्सिलोनाविरुद्ध सर्वाधिक ४३औं पटक खेल्दै कीर्तिमान बनाएका छन्। सर्जियो बुस्केटलाई बार्सिलोनाले पहिलो रोजाइमा राखेको समाचार बाहिर आए पनि सूचना प्रभाहको कमजोरीको कारण देखाउँदै इभान राकिटिचलाई पहिलो रोजाइमा राखेको थियो। निकै प्रतिस्पर्धात्मक बनेको खेलमा स्टार खेलाडीले राम्रो प्रदर्शन गरे पनि बलियो रक्षापंक्तिले रोक्दा खेल बराबरीमा सकिएको हो।
 

प्रकाशित: ४ पुस २०७६ ०१:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App