७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

चीनद्वारा अमेरिकी मानवरहित ड्रोन नियन्त्रणमा, अमेरिकको आपत्ति

वेइजिङ– चीनले दक्षिणी चीन सागरमा एक अमेरिकी मानवरहित ड्रोन कब्जामा लिएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार पानीभित्र चल्ने (अन्डरवाटर) ड्रोन फिलिपिन्सको तटीय इकाला सुबिकको खाडीबाट ५० माइलको दूरीमा अन्तर्राष्ट्रिय जल सीमाबाट नियन्त्रणमा लिएको हो। अमेरिकाले चीनको सो कामको विरोध गर्दै आफ्नो ड्रोन फर्काउन माग गरेको छ।

ड्रोनको विषयलाई लिएर चीन र अमेरिकाबीच तनाव उत्पन्न भएको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता क्याप्टेन डेफ डेविसले ओशन ग्लाइडर नामक  ड्रोनको प्रयोग तापमानको जाँच गर्नलागि प्रयोग गरिएको बताए। अमेरिकी अधिकारीका अनुसार सो ड्रोन अमेरिकी सेनाको हो। तर त्यसको संचालन सैनिकले गरेका थिएनन्।

ड्रोन चीनले नियन्त्रणमा लिएपछि  अमेरिकाल राजनीतिक रुपमा चीनसँग औपचारिक विरोध जनाएको छ र सो ड्रोन फिर्ता गर्न माग गरेको छ। पेन्टागनले भनेको छ,‘ड्रोन कुनै गोप्य योजनामा थिएन, ड्रोनद्वारा दक्षिणी चिनियाँ सागरमा मिलिटरी सर्वे कानुनको दायराभित्र बसेर गरिएको छ।’

चीनद्वारा  ड्रोन नियन्त्रणमा लिनुलाई दक्षिणी चिनियाँ सागरमा चिनियाँ सेनाको बढ्दो गतिविधिका रुपमा अमेरिकाले बुझेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। एक अमेरिकी थिंक ट्यांकले चीनले सबै सातवटा वनावटी टापुमा एन्टी एयरक्राफ्ट सिस्टम तैनाथ गरेको आरोप लगाए। चिनियाँ अधिकारीले अमेरिकाको ड्रोन नियन्त्रणमा लिएको स्वीकार गरेका छन्। तर अमेरिकी विरोधका विषयमा कुनै टिप्पणी भने चीनले गरेको छैन।

प्रकाशित: २ पुस २०७३ ०६:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App