coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

सागका कास्य विजेता आचार्य सम्मानित

आफ्नै जिल्लामा गरिएको सम्मान ग्रहण गर्दै ब्याडमिन्टन खेलाडी जिवन आचार्य। तस्बिर:दमन/नागरिक

खोटाङ– भर्खरै सम्पन्न साउथ एसियन गेम (साग)मा ब्याडमिन्टन प्रतियोगीतामा सहभागी भएर कास्य पदक जितेका खोटाङका एक खेलाडीलाई सम्मान गरिएको छ। नेपाल सरकारको आयोजनामा भएको सागमा ब्याडमिन्टन प्रतियोगीतामा टिम इभेन्टतर्फ कास्य पदक जितेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ का खेलाडी जीवन आचार्यलाई सम्मान गरिएको हो।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको नगरपालिका स्तरिय मेयरकप ब्याडमिन्टन प्रतियोगीता समापनको अवसरमा बिहबीार खेलाडी आचार्यलाई सम्मान गरिएको हो। पूर्वी नेपालको खोटाङमा जन्मिएर अन्तर्राष्ट्रियस्तरको खेलमा सहभागी भएर राष्ट्रलाई पुर्‍याएको योगदानको प्रशंसा गर्दै नगरपालिकाले नगद २० हजार रुपैयाँसहित खेलाडी आचार्यलाई सम्मान गरेको हो।

खेल क्षेत्रमा सम्भावना बोकेका आचार्यलाई जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल र उपमेयर बिणादेवी राईले बधाई दिँदै सम्मान–पत्र प्रदान गरेका छन्।


 

प्रकाशित: ३ पुस २०७६ १३:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App