coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

बुटवलमाथि चितवनको फराकिलो जित

पोखरा- चितवन राईनोजले दोस्रो खेल जित्दै ४ अंकसहित दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिगको शीर्ष स्थानमा छ। बिहीबार बुटवल ब्लाष्टर्सलाई ११९ रनले पराजित गर्दै शीर्षस्थानमा रहेको चितवनका लागि घरेलु मैदानमा करण केसीले उत्कृष्ठ बलिङ गरे। केसीले बुटवलका व्याट्सम्यानलाई सस्तैमा पभेलियन पठाएपछि फराकिलो जित सम्भव बन्यो। केसीले ३.४ ओभर बलिङ गर्दै ११ रन मात्रै दिएर ४ विकेट लिएपछि बुटवल १८.४ ओभरमा सबै विकेट गुमाउँदै ८४ रनमा समेटियो। अफ्ताबुद्धिन अहेमद २, शंकर राना ५, हरिबहादुर चौहान १२ र विपिन खत्रीले १ रनमै क्रिज छाडेपछि बुटवलले २०४ रनको लक्ष्य पछ्याउन निकै सकस पर्यो। पोखरा रंगशाला क्रिकेट मैदानमा बुटवल ब्लाष्टर्सका बलर र वयट्सम्यान दुवैमा कमजोरी प्रष्ट देखियो।

शिवम सिंहले सर्वाधिक ३३ रन बनाए। ३३ बल नै खेलेका उनले १ चौका र ३ छक्का आफनो इनिङ्समा सामेल गराए। उनी पनि भुवन कार्कीको हातबाट क्याच भएपछि भीम सार्की आईपुगे। सार्कीले पनि २१ रन बनाउन २१ बल नै खेले। बाँकी ब्याट्सम्यान दोहोरो अंकको रन छुन सकेनन्। चितवन बाहेक अन्य टोलीले भने हार व्यहोरिसकेका छन्। पिपिएलको दोस्रो संस्करणमा पोखरा र काठमाडौंले समान तीन खेलमा दुई हार व्यहोरेका छन्।

पहिलो विकेटको लागि ११७ रन र तेस्रो विकेटको लागि ६९ रनको साझेदारी निभाएपछि चितवन राईनोजसले नमस्ते पोखरा प्रिमियर लिग फ्रेन्चाईज टी–२० क्रिकेटमा बुटवल ब्लाष्टर्ससलाई ३ विकेटको क्षतिमा २०४ रनको लक्ष्य प्रस्तुत गरेको थियो। चितवन राईनोजका ओपनिङमा आएका कप्तान पारस खड्का र रोहन मुस्तफाले पिपिएलमै पहिलो विकेटको लागि शतकीय साझेदारी गरे। खड्का र मुस्तफाले पहिलो विकेटको लागि गरेको शतकीय साझेदारी पिपिएलमै पहिलो हो। खड्काले ६३ र मुस्तफाले ३७ रन बनाउँदै ११७ रनको साझेदारी गरेका हुन्। पहिलो विकेट लिन बुटवलले ११.३ ओभर खर्चिएको थियो। महत्वपूर्ण साझेदारी गर्ने क्रममा खड्का अफ्ताबुद्धिन अहेमदको बलमा सोमपाल कामीको हातबाट क्याच भए। उनले ४० बल खेल्दै ६ चौका र २ छक्का हिर्काए। पारसपछि क्रिज सम्हाल्न आएका बावर हायात १ रनमै पभेलियन तर्फ फर्किए। रोहनले आरिफ शेखसँगको साझेदारीमै आफनो अर्धशतक पुरा गरे।

तेस्रो विकेटको लागि १४ रनको साझेदारी गर्दै रोहनले पोखरा प्रिमियर लिग(पिपिएल)मा आफनो पहिलो अर्धशतक पुरा गरे। यद्यपी उनीहरुको जोडीले टुट्दा ६९ रनको साझेदारी निभाए। रोहनले अविजित रहने क्रममा ५६ बलको सामना गर्दै ७ चौका र दुई छक्का सामेल गराउँदै ७० रन बनाए। आरिफले १९ बलमा ४० रन जोड्ने क्रममा १ चौका र ३ छक्का हिर्काए। सोमपाल कामीको हातबाट अभिनाश बोहोराले आरिफलाई क्याच आउट गराउँदै साझेदारी टुटाई छाडे। रोहन र सन्नी पटेल अविजित रहे। सन्नीले दुई बलमा ४ रन बनाए। एक चौका हिर्काए।

हरिबहादुर चौहानले एकै ओभरमा १६ रन खर्चिएर महंगा सावित भए। एउटै ओभरमा ६ रन अतिरिक्त दिए। हर्श टंकले पनि एकै ओभरमा १५ रन खर्चिएका थिए। पोखरेली बलर विपिन खत्रीले पनि दुई ओभरमा २४ रन दिएका थिए। अविनाश बोहोराले वाईडमा चौका दिएपछि ४ ओभरमा ४० रन दिएर १ विकेट लेखाए। शेर मल्लले पनि ४ ओभरमै विना विकेट ४० रन खर्चिए। क्विन्स इभेण्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित बिहीबारको प्रतिस्पर्धामा म्याच अफ दि म्याच भने अविजित रहेका रोहन मुस्तफा घोषित भए।

प्रकाशित: ३ पुस २०७६ १०:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App