coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पाँच महिनामा ३३ को मृत्यु

बाके- दुर्घटनाका कारण अकालमा मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ। चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा मात्रै बाँकेमा ३३ जनाले दुर्घटनामा परी ज्यान गुमाएका छन्। चालू आवको साउनमा सात, भदौमा चार, असोजमा पाँच, कात्तिकमा छ र मङ्सिरमा सबैभन्दा बढी ११ जना दुर्घटनामा परी मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएको छ।

आर्थिक वर्ष २०७५/०७६ मा दुर्घटनामा परी ६० जनाको मृत्यु भएको थियो। दुर्घटनामा चौपायाको समेत मृत्यु भएको छ। चालू आवको पाँच महिनामा १० पशु चौपायाको दुर्घटनामा परी मृत्यु भएको छ। चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा जिल्लामा दुर्घटनाका ८६ घटना भएका छन्। जसमा ७३ गम्भीर र ६१ जना सामान्य घाइते भएका थिए।

जिल्लामा सबैभन्दा बढी दुर्घटना मोटरसाइकलको भएको प्रहरीको तथ्याङ्क रहेको छ। पाँच महिनाको अवधिमा ६६ वटा मोटरसाइकल दुर्घटनामा परेका थिए। उक्त अवधिमा १११ वटा सवारीसाधन दुर्घटनामा परेका थिए। छ वटा ट्रक, एउटा टिपर, ११ जीप, दुई ट्र्याक्टर, चार वटा टेम्पो र छ वटा साइकल दुर्घटनामा परेको ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क छ।

कार्यालयको तथ्याङ्कअनुसार धेरैजसो दुर्घटना तीव्र गति र चालकको लापरवाहीले हुने गरेको जिल्ला ट्राफिक कार्यालय बाँकेको तथ्याङ्कले देखाएको छ। आव २०७५/०७६ मा बाँकेमा ९९ दुर्घटना भएका छन्। कार्यालयका अनुसार, गत आवमा दुर्घटना विश्लेषण गर्दा प्रमुख कारण तीव्र गति, चालकको लापरवाही रहेको पाइएको थियो।

आव २०७५/०७६ मा तीव्र गतिका कारण ३९, चालकको लापरवाहीका कारण ३९ दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ। गत आवमा ओभरटेकका कारण सात, मापसेका कारण पाँच, यान्त्रिक कारणले दुई, सडकको कारणले तीन र चौपायाको कारणले तीन वटा दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ।

बाँकेमा गत आवमा भएका दुर्घटनामा ६० ले ज्यान गुमाएका थिए भने ७५ जना गम्भीर घाइते भएका थिए। जसमा ४२ पुरुष, १४ महिला र चार बालक रहेका छन्।

प्रकाशित: ३ पुस २०७६ ०६:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App