६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्पलाई महाभियोग !

फाइल फोटो

न्यूयोर्क - अमेरिकी संसदको तल्ला सदन हाउस अफ रिप्रेजेन्टेटिवले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाअभियोगलाई माथिल्लो सदनमा पेश गर्न अनुमति दिएको छ। डेमोक्रेटको बहुमत रहेको तल्लो सदनमा नेपाली समयअनुसार बिहीबार बिहान भएको मतदानमा बहुमतले उक्त प्रस्ताव माथिल्लो सदनमा पेश गर्न अनुमति दिएको हो। महाभियोगको पक्षमा २३० र विपक्षमा १९७ मत आएको बीबीसीले जनाएको छ।

अमेरिकी इतिहासमा महाअभियोगको सामना गर्ने ट्रम्प तेस्रो राष्ट्रपति हुन्। माथिल्लो सिनेटमा रिपब्लिकनको बहुमत भएकोले महाअभियोगको प्रस्ताव पारित हुने सम्भावना भने न्यून रहेको जानकारहरु बताउँछन्।

प्रकाशित: ३ पुस २०७६ ०५:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App