४ वैशाख २०८१ मंगलबार
राजनीति

संशोधन प्रस्ताव विफल पार्न चुनौती

सुर्खेत–भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले सडकबाट संविधान संशोधन प्रस्तावको विरोध गर्नुभन्दा प्रक्रियामा गएर त्यसलाई विफल पार्न एमालेसहितका दलहरुलाई चुनौति दिएका छन् ।

उनले व्यवस्थापिका संसदलाई कुण्ठित पारेर प्रतिपक्षी दलहरुले देशलाई गम्भीर दुर्घटनामा धकेल्न खोजेको आरोप पनि लगाए । ‘संशोधन प्रस्तावको सडकमा विरोध जनाउनुको कुनै अर्थ छैन्’ शनिबार नेपाली कांग्रेस सुर्खेतले वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा मन्त्री लेखकले भने, ‘सक्नु हुन्छ भने प्रक्रियामा गएर विफल पार्नुहोस् ।’

उनले मुलुकमा रहेका दुई वटा अतिवादले देशलाई द्वन्द्वतर्फ धकेलिरहेको आरोप लगाए । ‘एउटा अतिवादले अहिलेको संविधानलाई कागजको खोस्टो हो भन्छ, अर्को अतिवाद अहिलेको संविधानलाई कुनै पनि हालतमा चलाउनु हुन्न भन्छ’ उनले भने, ‘यि दुबै अतिवादले मुलुकलाई विखण्डनतर्फ धकेलिरहेको छ ।’

कांग्रेस नेतासमेत रहेका लेखकले कांग्रेका तत्कालिन सभापति सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीले संयुक्त हस्ताक्षर गरेर सार्वजनिक भइसकेको विषयमै टेकेर सरकारले संशोधन प्रस्ताव दर्ता गराएको भन्दै अहिले सडकमा एमालेले गरिरहेको विरोधको कुनै अर्थ नभएको बताए ।

उनले संविधान कार्यान्वयनका लागि सरकारले संशोधन प्रस्ताव दर्ता गराएको प्रष्ट्याए । उनले संविधानको स्वीकार्यता प्रदान गर्दै त्यसको कार्यान्वयनका लागि तीन वटै तहका निर्वाचन गर्न वर्तमान सरकार गठन भएको भन्दै संशोधन प्रस्ताव फिर्ता नहुने बताए ।

प्रकाशित: २ पुस २०७३ ०४:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App