८ वैशाख २०८१ शनिबार
शिक्षा

रजत जयन्तीमा वर्षभरी कार्यक्रम, रक्तदानबाट सुरुआत

स्थापना दिवसको अवसरमा गरिएको रक्तदान कार्यक्रम

भैरहवा - भैरहवास्थित पश्चिमाञ्चल ईङ्लिस स्कुलले वर्ष भरी विविध कार्यक्रम गरी रजत जयन्ती मनाउने भएको छ। २०५२ सालमा स्थापित पश्चिमाञ्चलले विद्यालय स्थापना भएको दिन आज रक्तदान गरी रजत जयन्तीको सुरुआत गरेको हो।

स्कुलले ‘रक्तदान महादान’ भन्ने नाराका साथ सामाजिक क्रियाकलाप अन्तर्गत विद्यालय स्थापना भएकै सन्दर्भ पारेर प्राङगढमा रक्तदान गरेको छ। पूर्व विद्यार्थी, शिक्षक, कर्मचारी, विद्यार्थी अभिभावक, शुभेच्छुकहरु उक्त रक्तदानमा सहभागी भएर २३ पिन्ट रक्त संकलन गरेका थिए। कार्यक्रमको प्रविधिक सहयोग रेडक्रसले गरेको थियो भने यूवा रेडक्रस सर्कल पश्चिमाञ्चलका विद्यार्थीहरुले पनि स्वयसेवा गरेको थिए।

विद्यालयले पहिलो कार्यक्रम रक्तदानको शुभारम्भ गरी रजत जयन्तीको सुरुवात गरेको छ अबको एक वर्षसम्म विविध कार्यक्रम गरी रजत जयन्ती मनाउछौ, विद्यालयका सस्थापक प्राचार्य राजु ढकालले भने। हामीले वर्ष भरि नै दर्जन बढी कार्यक्रम गरेर रजत जयन्त्री मनाउछौ वृक्षारोपण, विरामीलाई फलफूल वितरण, अनाथालयमा खाद्यान्नन तथ शैक्षिक सामाग्राी सहयोग, बृधाश्रममा सहयोग, भूतपूर्व विद्यार्थी मिलन समारोह र सम्मान।

भूतपूर्व शिक्षकको सम्मान, शौक्षिक सत्रदेखि उच्च स्तरीय अत्याधुनिक मोन्टेश्वरी  कक्षा सञ्चालन, विज्ञान सहितको प्लस टु कक्षा सञ्चालन, छरछिमेक र टोल टोलमा सरसफाई तथा जनचेतना मूलककार्यक्रम, विपदमा सहयोगार्थ कपडा बैकको स्थापना, दुर्घटना न्यूनिकरण र ट्राफिक सचेतनाको कार्यक्रम, गर्मीमा चिसो पानीको वितरणको व्यवस्था, गरिब जनताका लागि स्वास्थ्य सेवा कार्यक्रम, प्राथमिक विद्यालयमा शैक्षिक सामाग्री वितरण, अतिरिक्त क्रियाकलाप डस्टविन वितरण लगायतका २५ वटा बढि कार्यक्रम गर्ने योजना बनाएका छौ प्राचार्य ढकालले भने।

प्रकाशित: ३ पुस २०७६ ०४:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App