४ वैशाख २०८१ मंगलबार
राजनीति

सेनालाई स्काई ट्रक हस्तान्तरण

काठमाडौ –अमेरिकाले हालै नेपाल आइपुगेका एम २८ सिरिजका दुई स्काई ट्रक नेपाली सेनालाई हस्तान्तरण गरेको छ। नेपालका लागि अमेरिकी राजदूत -याण्डिबेरीले सेनाका बलाधिकृत रथी शरदकुमार गिरीलाई स्काई ट्रक हस्तान्तरण गरेका हुन्। छोटो समयमा उड्न र अवतरण गर्नसक्ने क्षमता सहितका स्काइट्रक नेपालको भूगोलका लागि उपयुक्त हवाई जहाज भएको बताइएको छ। सेनाका लागि विमानलाई प्रिपोजिसनमा राख्ने महत्वपूर्ण क्षमतालाई सहज बनाउँदै विमानले नेपालको मानवीय सहायता तथा विपद् प्रतिकार्य सञ्चालन क्षमतामा रूपान्तरण ल्याउने अमेक्षा गरिएको छ।

अमेरिकाले नेपाललाई दिने झन्डै एक करोड ५० लाख डलर अमेरिकी अनुदानको सबैभन्दा ठूलो अंशका रूपमा यी दुई विमान दिएको जनाएको छ। अनुदान सहयोग भित्र आगामी वर्षका लागि जगेडा पाटपुर्जा, विमानचालक तथा मर्मतसम्भार तालिम र आधुनिक मर्मतसम्भार व्यवस्थापन अभ्यासमा सहजिकरणलगायतको सहयोग पनि रहेका छन्। अमेरिकाले आगामी वर्षमा थप दुई स्काई ट्रक उपलब्ध गराने बताएको छ।

स्काई ट्रक हस्तान्तरण कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले यस किसिमको सहयोगले विपद् व्यवस्थापनमा नेपाली सेनाको कार्यदक्षता अभिवृद्धि गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले सहयोगका लागि अमेरिकालाई धन्यवाद व्यक्त गरे।

प्रकाशित: ३ पुस २०७६ ०४:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App