६ वैशाख २०८१ बिहीबार
राजनीति

नेकपा स्थायी समिति बैठकमा निरन्तर सरकारको आलोचना

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटीको बैठकमा सरकारको कामको आलोचना गर्ने क्रम यथावत रहेको छ। बैठकको चौथो दिन नेकपाका स्थायी कमिटी सदस्यहरूले प्रधानमन्त्री केपी शर्मा ओली र सरकारको कामकारबाहीको आलोचना गरिएको छ। स्थायी कमिटी सदस्य रघुजी पन्तले सरकार पार्टीको निर्णयबेगर एक्लै हिँड्न खोजेको आरोप लगाए। उनले सरकार र पार्टीकोबीचमा समन्वय नभएको भन्दै सरकार कताकता एक्लै हिँड्न लागेको अवस्था देखियो र सरकारका काम कामकारबाहीमा पार्टीका नेता कार्यकर्ताले आफ्नै काम हो भनेर किन अपनत्व लिन सकेनन् भन्ने कुराको समीक्षा हुन जरुरी रहेको बताए। निर्वाचनका बेला पार्टीले जनतासमक्ष गरेका बाचा पूरा गर्न नसकेको उनको आरोप थियो।

त्यसैगरी, अर्का सदस्य हरिबोल गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो घेरा फराकिलो बनाउन सुझाव दिएका थिए। सरकारका नीति र योजनाबारे पार्टीमा छलफल नहुँदा क्षमताको उचित प्रयोग हुन नसकेको बताए। सरकारका नीति तथा योजनाबारे पार्टीमा छलफल नहुँदा हाम्रो उपलब्ध क्षमता र प्रतिभाको समुचित प्रयोग हुन नसकेको पनि बताए।

आइतबारबाट जारी बैठकमा स्थायी कमिटी सदस्यले राजनीतिक तथा विधान संशोधनको प्रस्तावमाथि आफ्नो धारणा राखिरहेका छन्। बुधबारको बैठकमा मातृका यादव, वर्षमान पुन, लिलामणी पोखरेल, प्रदीप ज्ञवाली, गिरिराजमणि पोखरेल, रघुजी पन्त, गोकर्ण विष्ट, हरिबोल गजुरेल, पृथ्वी सुब्बा गुरुङ, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल र डा. पुष्पराज कँडेल धारणा राखेका थिए। राजनीतिक प्रतिवेदनमा प्रस्तुत भएबमोजिम पार्टीलाई व्यवस्थित गर्ने, संगठनलाई अझ सुदृढीकरण गर्ने, विचार र आचरण सुधार गर्नुपर्ने, पार्टीको आगामी कार्ययोजनालाई मूर्त बनाई कार्यान्वयन गर्नुपर्ने, सरकारको कामलाई प्रभावकारी बनाउनुपर्ने जस्ता विषयमा आ–आफ्नो कोणबाट वक्ता केन्द्रित रहेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

प्रकाशित: ३ पुस २०७६ ०२:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App