८ वैशाख २०८१ शनिबार
खेल

मनाङको विजयी सुरुआत

काठमाडौं - विमल रानाको दुई गोलप्रेरित साबिक विजेता मनाङ मस्र्याङ्दी क्लबले कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी सुरुआत गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबमाथि २–० को जित निकाल्दै मनाङले यस सिजनमा सुखद सुरुआत गरेको हो। लिगको पहिलो खेलमै विमल चम्कँदा मनाङले तीन अंक प्राप्त ग-यो। डिफेन्डिङ च्याम्पियनसमेत रहेको मनाङले राष्ट्रिय पूर्वखेलाडी जगजित श्रेष्ठको साथ पाएको थियो।

पछिल्लो समय अस्ट्रेलियामा बस्दै आएका जगजितले खेलमा राम्रो छाप छोडे। जसले मनाङका लागि पहिलो गोलको अवसर र्सिजना गरे। अधिकांश युवा खेलाडीको साथ पाएको मनाङ पहिलो हाफमा राम्रो गरे पनि दोस्रो हाफमा भने दबाबमा प¥यो। मनाङले ३४ मिनेटभित्रै दुई गोल गरेर विभागीय टोलीविरुद्ध फराकिलो नतिजा निकाल्ने लक्ष्य देखाए पनि त्यसमा सफल भएन।

गत सिजन पाँचौं स्थानमा रहेर लिग टुंग्याएको एपिएफ दुई गोल बेहोरेसँगै लयमा फर्किए पनि गोल गर्न भने सकेन। मनाङका विदेशी खेलाडी कोएरा लार्बा फ्लोरेन्टे एपिएफको चुनौतीमा बाधक बनेका थिए। यता, एपिएफले सटीक पास खेल्दै गोलका अवसर सिर्जना गरे पनि फिनिसिङमा चुकेको थियो। मनाङ भने पाएका अवसर सदुपयोग गर्दा  जित निकाल्न सफल भयो।

खेलको २८औं मिनेटमा विमल रानाको उत्कृष्ट हेड गोलमार्पmत मनाङले अग्रता लियो। पेनाल्टी क्षेत्रमा एपिएफका दुई खेलाडीको मार्कमा रहेका विमलले जगजित श्रेष्ठको पासलाई हेडरमार्पmत जाली चुमाए। ३४औं मिनेटमा पनि विमलले गोल गर्दै अग्रता दोब्बर बनाए। कोएरा लार्बाको सट पासमा विमलले पेनाल्टी क्षेत्रबाटै सुन्दर गोल गरेका थिए। त्यसअघि खेलको छैटौं  र ३१औं मिनेटमा विमल गोल गर्न चुकेका थिए।

यता एपिएफले खेलको आठौं मिनेटमा अग्रता लिने अवसर गुमायो। बुद्धिमान राईको प्रहार माथिल्लो बारमा लागेर फर्कियो। २०औं मिनेटमा प्राप्त एपिएफको अर्को उत्कृष्ट अवसरमा मनाङका गोलकिपर दीप कार्की बाधक बने। वान भर्सेस वानको स्थितिमा एपिएफका रामकुमार चौधरीको प्रहारलाई दीपले विफल बनाए।

पहिलो हाफको थप गरिएको समयमा एपिएफ अग्रता छोट्याउन चुक्यो। एपिएफका प्रवीणकुमार स्याङ्तानले पेनाल्टी क्षेत्रबाट प्रहार गरेको सट माथिल्लो बारबाट थोरै अकासिएको थियो। त्यससँगै पहिलो हाफमा मनाङले २–० को अग्रता बनायो। दोस्रो हाफमा भने एपिएफले बल आफ्नो नियन्त्रणमा राख्दै दबाब सिर्जना गरे पनि गोल गर्न भने चुक्यो।

४८औं मिनेटमा एपिएफका रमेश दङ्गालको हेड प्रयास सफल हुन सकेन। ६२औं मिनेटमा गोलको अवसर गुमाएको एपिएफले त्यसको दुई मिनेटपछि नै अर्को अवसर खेर फाल्यो। ७०औं मिनेटमा सुदीप शिख्राकारको पासमा मणि लामाको हेड पोस्टबाट थोरै बाहिरियो। त्यसअघि मनाङका गोलकिपर दीप कार्कीले उत्कृष्ट बचाउ गरेका थिए। एपिएफले बल आफ्नो नियन्त्रणमा राख्दै गोलको योजना बुने पनि मनाङका डिफेन्डरले निस्तेज बनाए।

एपिएफ फरवार्डमा तालमेल गुमाउँदा हार बेहोर्न बाध्य भयो। हारपछि एपिएफका प्रशिक्षक राजेन्द्र तामाङले कम अनुभवी खेलाडी भएकाले हार बेहोरेको बताए। ‘हामीले पनि अवसर सिर्जना ग¥यौं। तर तालमेल राम्रो नहुँदा गोल बन्न सकेन,’ एपिएफका प्रशिक्षक राजेन्द्रले भने, ‘हाम्रा खेलाडीमा अनुभवको कमी देखियो। सुरुआतमै गोल बेहोर्दा खेलाडी दबाबमा आए।’

मनाङका प्रशिक्षक धनेश्वर प्रजापतिले भने सोचेअनुरूप प्रदर्शन भएको बताए। ‘आजको खेलमा सोचेअनुरूपको नतिजा आएको छ। तीन अंक चाहेका थियौं, त्यहीअनुसार नतिजा हात पा¥यौं,’ प्रशिक्षक प्रजापतिले भने, ‘जितमा खुसी छौं। यद्यपि हामीले अभैm पनि केही सुधार गर्नुपर्ने देखिएको छ। आगामी खेलमा सुधार गर्नेछौं।’

थ्री स्टार रोकियो
उपाधि दाबेदारका रूपमा हेरिएको थ्री स्टार क्लब लिगको पहिलो खेलमै जावलाखेल युथ क्लबसँग गोलरहित बराबरीमा रोकिएको छ। बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा थ्री स्टार जावलाखेल युथ क्लबसँग बराबरीमा रोकिँदै अंक बाँड्न बाध्य भएको हो। प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलका अवसर बनाए पनि सदुपयोग गर्न सकेनन्। खेलको ११औं मिनेटमा जावलाखेलका विजय घलानको प्रहार दोस्रो बार नजिकैबाट बाहिरिएको थियो। १७औं मिनेटमा थ्री स्टारका रूपेश केसीको प्रहार जावलाखेलका गोलरक्षक टेकेन्द्र थापाले बचाए।

२५औं मिनेटमा रूपेशको फ्रिकिक जावलाखेलका गोलकिपर थापा र क्रसबारमा लाग्दै फर्किएपछि थ्री स्टार पुनः असफल भयो। त्यसको दुई मिनेटपछि फोडे फोफानाको हेड  अकासिँदा जावलाखेलले अर्को अवसर गुमाएको थियो। ३९औं मिनेटमा मिक्छेन तामाङले डी बक्सभित्रबाट गरेको भली प्रहार पहिलो बारनजिकैबाट बाहिरिएपछि थ्री स्टारले पुनः अग्रता लिने अवसर गुमायो।

दोस्रो हाफमा पनि दुवै टोलीले गोल अवसर सदुपयोग गर्न नसकेपछि अंक बाँडे। बराबरीपछि दुवै टोलीका प्रशिक्षक नतिजाबाट सन्तुष्ट देखिएनन्। ‘आजको नतिजाबाट सन्तुष्ट छैन,’ थ्री स्टारका प्रशिक्षक मेघराज केसीले भने, ‘पहिलोपटक लिग खेलेका खेलाडीले राम्रै खेले। पाएको मौका सदुपयोग भएन।’

जावलाखेलका प्रशिक्षक नरेश थापाले जित्नुपर्ने खेलमा पनि असफल भएको बताए। ‘अवसर बनाए पनि सदुपयोग भएन। थ्री स्टारको अवस्था हेर्दा जित्ने लक्ष्य थियो। तर, सफल भएनौं,’ थापाले भने, ‘आशा गरिएका खेलाडीबाट राम्रो प्रदर्शन हुन नसक्दा जित सम्भव भएन।’ मनाङले ३४ मिनेटभित्रै दुई गोल गरेर विभागीय टोलीविरुद्ध फराकिलो नतिजा निकाल्ने लक्ष्य देखाए पनि त्यसमा सफल भएन।

प्रकाशित: ३ पुस २०७६ ०१:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App