४ वैशाख २०८१ मंगलबार
राजनीति

नेता भट्टराई र ठाकुरले भने- संशोधन टुंग्याएर मात्र चुनाव

काठमाडौं- नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई र मधेसी मोर्चाका नेता महन्थ ठाकुरले प्रधानमन्त्री पुष्पकमल दाहाललाई संविधान संशोधन विधेयक टुगो लगाएर मात्र चुनावमा जान सुझाव दिएका छन्।

सरकारले संविधान संशोधन थाती राखेर चुनाव घोषणा गरे संयुक्त आन्दोलनमा जाने सहमति गरेका नेताद्वयले शुक्रबार दाहाललाई एकसाथ भेटेर यस्तो सुझाव दिएका हुन्।

संशोधन थाती राखेर स्थानीय चुनावमा गए त्यसले मुलुकमा मुठभेड निम्त्याउने भट्टराई र ठाकुरले प्रधानमन्त्रीसँगको भेटमा बताए। भट्टराईले बिहीबार मोर्चाका नेतासँग बैठक गरी कार्यकगत एकतामा सहमति गरेका थिए।  संशोधन विधेयक थाती राखेर चुनाव जाने तयारी भइरहेको समाचार आएपछि उनीहरूले आधिकारिक धारण बु‰न प्रधानमन्त्रीलाई भेटेका हुन्। प्रधानमन्त्रीलाई भेटेर आधिकारिक धारणा बु‰ने जिम्मा बिहीबारको बैठकले भट्टराई र ठाकुरलाई दिएको थियो।

भट्टराई र ठाकुरले  प्रधानमन्त्रीलाई  पुरानो संरचनामा स्थानीय निकायको चुनावमा जान नसकिने जानकारी पनि गराएका छन्। नयाँ संविधानअनुसार नै स्थानीय निकायको चुनाव गराउन प्रधानमन्त्रीलाई सुझाव दिइएको छ। 'पुरानो संरचनाअनुसार स्थानीय निकायको चुनाव गर्ने समाचार आइरहेका छन्। यसबारे प्रधानमन्त्रीको धारणा बु‰न पार्टी संयोजक भट्टराईले प्रधानमन्त्रीलाई भेट्नुभएको हो', नयाँ शक्तिका केन्द्रीय सदस्य केशव दाहालले भने, 'पुरानै संरचनामा स्थानीय निकायको चुनाव हुन सक्दैन भन्ने हाम्रो भनाइ हो।'

स्रोतका अनुसार भट्टराई र ठाकुरसँगको भेटमा  प्रधानमन्त्री दाहालले पुरानो संरचनाअनुसार स्थानीय निकाय चुनाव गर्ने तयारी सरकारले  तयारी नगरेको बताएका थिए। प्रधानमन्त्रीले संशोधन विधेयक परिमार्जन गरेर टुंगो लगाउन आफू प्रतिबद्ध भएको पनि बताएका थिए। उनले परिमार्जनका लागि मधेसी मोर्चाका नेतासँग छलफलको तयारी भइरहेको जानकारी पनि गराएका थिए।

भट्टराईले मधेसी मोर्चाका माग सम्बोधन गर्न संशोधन विधेयक परिमार्जन गरी पास गर्नुपर्ने बताएका थिए। 'अहिलेको संशोधन  विधेयकले मोर्चाका माग सम्बोधन गर्न सक्दैन। यसलाई परिमार्जन गरेर टुंगो लगाउनुपर्छ', भट्टराईलाई उद्धृत गर्दै स्रोतले भन्यो।

यसैवीच, सद्भानवा पार्टी अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्री दाहाललाई टेलिफोन गरी संशोधन विधेयकलाई थाती राखेर स्थानीय निकायको चुनावमा जाने तयारी नगर्न भनेका छन्। 'संशोधन विधेयक टुंगो लगाएर मात्रै स्थानीय निकायको चुनाव गरौ भनेको छुँ', महतोले नागरिकसँग भने।

राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिहं भण्डारीले एमालेबिना पनि संविधान संशोधन विधेयक पास हुन सक्ने बताएका छन्। शुक्रबारदेखि सुरु पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै भण्डारीले उक्त कुरा बताएका हुन्। उनले संशोधन प्रस्ताव थाती राखेर चुनाव गर्न खोजे मान्य नहुने बताए।

प्रकाशित: २ पुस २०७३ ०२:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App