७ वैशाख २०८१ शुक्रबार
राजनीति

पुस ४ मा राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं- राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक यहिँ पुस ४ गते बस्ने भएको छ। राप्रपाका प्रचार विभागले बुधबार एक विज्ञप्ती जारी गर्दै सो कुराको जानकारी दिएको हो।

उक्त बैठकमा हालै सम्पन्न उप निर्वाचनको समीक्षा गर्दै संगठन सुदृढीकरण गर्ने लगायतका विषयमा छलफल गरिने राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जनाएका छन्।

केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने उक्त बैठकमा पार्टीको भावी रणनीति तय गरिने विज्ञप्तीमा उल्लेख गरिएको छ।

 

प्रकाशित: २ पुस २०७६ १२:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App