coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

ढुङ्गेलको निधनप्रति कांग्रेस संसदीय दलद्वारा दुःख व्यक्त

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलले तत्कालीन संविधानसभा सदस्य रामेश्वर ढुङ्गेलको निधनप्रति दुःख व्यक्त गरेको छ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको सघन कक्षमा उपचारका क्रममा ६० वर्षको उमेरमा मंगलबार उनको निधन भएको थियो। दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बुधबार एक विज्ञप्ति जारी गर्दै कुशल नेतालाई गुमाउनु पर्दा दललाई अपूरणीय क्षति पुगेको जनाएका छन्।

नेपालको लोकतान्त्रिक एवं प्रजातान्त्रिक आन्दोलनमा स्व.ढुङ्गेलले पुर्‍याएको योगदानको स्मरण गर्दै नेता खाँणले विज्ञप्तिमा शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति समवेदना प्रकट गरेका छन्।

विज्ञप्तिमा भनिएको छ  ‘स्व. ढुङ्गेलले नेपालमा लोकतन्त्र स्थापनाका लागि भएका हरेक आन्दोलनमा सदैव अग्रपङ्क्तिमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।

साथै आन्दोलनमा  क्रियाशील रहँदा पटक–पटक गिरफ्तार हुनुभएको थियो।’ नेता ढुङ्गेल नेपाली राजनीतिमा शालिन एवं भद्र नेताका रुपमा परिचित थिए। रासस

प्रकाशित: २ पुस २०७६ १२:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App