४ वैशाख २०८१ मंगलबार
राजनीति

संविधान संशोधन फिर्ता नै निकासको मार्ग होः ओली

दमक (झापा)–  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद्मा दर्ता गरिएको संविधान संशोधन प्रस्ताव फिर्ता लिन सरकारसँग आगह गरेका छन्।

तोपगाछी–३ स्थित महेन्द्ररत्न माविको स्वर्णजयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई आज सम्बोधनका क्रममा पूर्वप्रधानमन्त्री ओलीले संविधान संशोधन विधेयकले राजनीतिक सङ्कट उत्पन्न गराएको छ भन्दै प्रस्ताव फिर्ता नलिएसम्म संसद्को प्रक्रिया सुरु हुन नसक्ने दोहोर्याए।

प्रस्ताव फिर्ता लिएर राजनीतिक सहमति र सहकार्यको राजनीतिक वातावरण निर्माण गर्न सरकार गम्भीर हुनुपर्ने आग्रह गर्दै उहाँले संविधान कार्यान्वयनका लागि अब स्थानीय तहको चुनाव मात्र संवैधानिक मार्ग भएकाले सरकारले चुनावी वातावरण बनाउनुपर्छ भने।

कार्यक्रममा एमाले नेता अग्नि खरेल, सांसद महेन्द्रकुमारी सुब्बालगायतले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न सबैको सहयोग आवश्यक भएकामा जोड दिए। सो अवसरमा विद्यालयका संस्थापक अध्यक्ष नगेन्द्रबहादुर बस्नेतलाई अभिनन्दन तथा विद्यालयलाई महत्वपूर्ण योगदान दिने हरिबहादुर बस्नेत र न्यायाधीश, मन्त्रालयका सचिव, चिकित्सकलगायत विशिष्ट ओहदामा पुगेका विद्यालयका दशभन्दा बढी पूर्वविद्यार्थीलाई सम्मान गरिएको थियो। रासस

प्रकाशित: १ पुस २०७३ १३:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App