४ वैशाख २०८१ मंगलबार
खेल

पूर्वका साग विजेतालाई सम्मान

काठमाडौं – १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदकविजेतालाई सम्मान र स्वागत गर्ने क्रम जारी छ। यसैबीच मंगलबार इलाम विकास समाजले सागमा पदकविजेता खेलाडीलाई सम्मान गरेको छ। समाजले पूर्व क्षेत्रबाट सागमा प्रतिनिधित्व गरी पदक जित्ने खेलाडीलाई सम्मान गरेको हो। समाजले एक कार्यक्रमकाबीच पाँच खेलाडीलाई सम्मान गरेको थियो। नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले खेलाडीलाई सम्मान गरे।

सम्मानित हुनेमा स्वर्ण विजेता फुटबलका छिरिङ गुरुङ, उसुकी स्वर्ण विजेता जुनी राई, फुटबलकी रजत विजेता एन्जिला सुब्बा तथा कांस्य विजेता बिच भलिबलकी विनीता बुढाथोकी र बास्केटबलका विजय बुर्जा छन्। कार्यक्रममा खेलाडीहरूले आफूहरूलाई गरेको सम्मानप्रति आभार व्यक्त गरेका थिए।

प्रकाशित: २ पुस २०७६ ०४:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App