८ वैशाख २०८१ शनिबार
राजनीति

काठमाडौंमा नेपाल–भारत मैत्री मेला हुने

काठमाडौं– काठमाडौंमा नेपाल–भारत मैत्री मेला कार्यक्रम अयोजना हुने भएको छ। नेपाल–भारत युथ मैत्री संघको आयोजनामा उक्त कार्यक्रम आयोजना हुन लागेको हो। मेलामा नेपाल तथा भारतको सांस्कृतिक तथा पर्यटन प्रदर्शनी समेत हुने भारतीय संस्था क्रेजी चेप्सका अध्यक्ष अमिन चन्द्रकारले बताए।  

कार्यक्रम डिसेम्बर ३० देखि जनवरी २ सम्म हुने र ५ लाख दर्शक सहभागी गराउने उदेश्य रहेको जनाइएको छ। नेपाली तथा भारतीय कलाकारको संयुक्त प्रस्तुति रहने कार्यक्रममा नेपालका झिझ्या, देऊडा नृत्य, समां चेकवा, जाट जतिन, लोकदोहोरी, आधुनिक गीतलगायत हुने आयोजकले बताएको छ । त्यस्तै, भारतका राजस्थानी नृत्य, पंजाबी भंगडा, कुचिपुडि, मराठी, लावण्डी, भजन, लोकगाीत भारतीय भाषामा हुने छ, भने ५ वटा स्टेजमा एकैचोटी हुने उक्त कार्यक्रममा प्रमुख अतिथीको रुपमा प्रधानमन्त्री पुष्पकमल दहाल, बिशिष्ट अतिथीमा उपप्रधान एबम् गृहमन्त्री बिमलेन्द्र निधि, पर्यटनमन्त्री जीवनबहादुर शाही रहेका छन् ।

कार्यक्रममा भारतका कलाकार एवमं सांसद परेश रावल, बलिउड कलाकार डेनी डेन्जेरा, गोबिन्दालागायतका भारतीय कलाकारहरुको पनि उपस्थीति हुने आयोजकले बताएको छ।  

कार्यक्रममा नेपाल पर्यटन बोर्ड, भारतीय संस्था क्रेजी च्याप्स, नेपाल एयरलाईन्स, हिमालय टेलिभिजन, उत्सभ इभेन्ट्स, मारबाडी युवा मन्चलगायत सह आयोजक रहेको जनाइएको छ।  
 

प्रकाशित: १ पुस २०७३ १२:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App