coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पाकिस्तानी दूतावासद्वारा पुरस्कार वितरण

काठमाडौं – नेपालस्थित पाकिस्तानी दूतावासले आठौं वार्षीक राजदूत निबन्ध लेखन तथा चौँथो राजदूत वार्षिक वक्तित्वकला प्रतिस्पर्धाका सहभागीलाई नगद तथा अवार्डबाट सम्मान गरेको छ। पुरस्कार विजेता विद्यार्थीलाई युवा तथा खेलकुद मन्त्री गजतबहादुर विश्वकर्माले पुरस्कार वितरण गरेका हुन्।

निबन्ध लेखन प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई स्वर्ण पदक, रजत र कास्य पदक, प्रमाणपत्र र क्रमश ५० हजार, ४० हजार र ३५ हजार रुपैयाँले सम्मान गरिएको थियो। अन्य १० जना विद्यार्थीलाई प्रति विद्यार्थी पाँच हजार रुपैयाँ प्रदान गरिएको थियो। वक्तृत्वकलामा प्रथम, दोस्रो, तेस्रो र चौथो स्थान प्राप्त गर्ने विद्यार्थीलाई पनि स्वर्ण, रजत र कास्य पदकसहित प्रमाणपत्र र प्रति व्यक्ति क्रमशः ५० हजार, ४० हजार, ३५ हजार र २५ हजार रुपैयाँ प्रदान गरिएको थियो। त्यस्तै अन्य १२ जनालाई प्रतिव्यक्ति पाँच हजार रुपैयाँका दरले पुरस्कार वितरण गरिएको थियो। दुई फरक÷फरक प्रतियोगितामा मावि तह (कक्षा ११–१२) देखि विश्वविद्यालय तहका विद्यार्थीले प्रतिस्पर्धा गरेको दूतावासले जनाएको छ।

प्रकाशित: २ पुस २०७६ ०२:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App